तुलसीपुर ७ मा कांग्रेसबाट गौतमको उम्मेद्बारी घोषणा

चैत १९, २०७८     सम्पूर्ण कुरा


आसन्न स्थानिय निर्वाचनमा तुलसिपुर ७ वाट नेपाली काग्रेसकाे तर्फवाट युवा नेता विमल गाैतमले आज वडा अध्यक्ष पदमा उम्मदवारि घाेषणा गरेका छन ।
आज नेपाली काग्रेस वडा नम्वर ७ ले आयाेजना गरेकाे उम्मेदवारि घाेषणा कार्यक्रममा गाैतमले उम्मेदवारि घाेषणा गरेका हुन ।
वडा इकाई सभापति ओम वहादुर वलिकाे अध्यक्षता तथा महाधिवेशन प्रतिनिधि टाेप वहादुर केसिकाे प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा वाेल्दै युवा नेता गाैतमले वडाकाे चाैतर्फि बिकास , वडालाई सुचना प्रविधि संग जाेडन ,वडा कार्यालयकाे प्रससनिक गतिविधि लाई चुस्त दुरुस्त पार्न , दलित,महिला,जनजातिहरु हरुकाे क्षमता विकास गर्न, सिङ्गो उपमहानगरपालिकामा नेत्रृत्वदायि भुमिका निर्वाह गर्नका लागि अाफ्नाे उम्मेदवारि रहेकाे वताएका थिय ।
अाफुले यसअघि सामुदायिक वन , पत्रकारिता, निजि विद्यालय, युवा क्लवहरुमा नेत्रृत्वदायि भुमिका निर्वाह गरिसकेकाे भन्दै गाैतमले पार्टि प्रतिकाे याेगदान , शैक्षिक याेग्यता, क्षमता, नेत्रृत्व क्षमता , व्यक्तित्व क्षमता , पारिवारिक पृष्ठभूमि, सिङाे वडालाई हाक्न सक्ने क्षमता लगायतलाईअाधार मानेर टिकटकाे निर्णय गर्न वडा, नगर र क्षेत्रिय समिति लाई अाग्रह गर्नु भयाे ।
साे उम्मेदवारि घाेषणा कार्यक्रममा राम वहादुर जिसि , प्रेम वहादुर केसि , नवेन्द्र गिरि , चिरिञ्निजि रिजाल , अाेम वहादुर वलि र नन्दा जिसिले अध्यक्ष पदमा अाफ्नाे उम्मेदवारी घाेषणा गर्नु भएको थियाे ।