यस्तो छ वि‍.सं २०७९ सालको वार्षिक राशिफल

बैशाख ०१, २०७९     मुस्कान खनाल (युवा ज्योतिषी)



नयाँ वर्ष अर्थात् संवत २०७९ साल सौरमानका हिसाबले वैशाख ०१ गते प्रारम्भ हुने गर्दछ, तर बार्हस्पत्य मानले नयाँ वर्षको सुरुवात चैत्र शुक्ल प्रतिपदा अर्थात् यस पटकको हकमा चैत्र १९ गते शनिवार ९अप्रिल ०२० देखि सुरु हुँदैछ । चैत्र शुक्लपक्षमा पर्ने वारअनुसार वर्षाधिपति र वैशाख ०१ गतेको वारअनुसार कार्याधिपति चयन गर्ने ज्योतिषीय परिपाटी रहेकाले यस वर्षको राजा शनि र मन्त्री बृहस्पति हुनेछन् । विगतको समयमा विश्वले कोरोना महामारी, अन्तर्राष्ट्रिय परिवेशमा रुस र युक्रेनका कारण युद्धको सन्त्रास र अर्थतन्त्रमा ठूलो उतारचढावको सामना गरेको परिस्थिति रहेको छ भने अब नयाँ वर्ष अर्थात् वि‍.सं २०७९ को आगमन हुँदा आमव्यक्ति र देशदुनियाले नयाँ आशा र अपेक्षा गर्नु स्वाभाविक मान्न सकिन्छ । आउनुहोस् संवत् २०७९ मा हुने केही परिस्थितिहरूको आकलन गरौं । चैत्र १९ गतेदेखि नै नल नाम गरेको नयाँ संवत्सरको प्रारम्भ हुँदैछ । भास्कर नामक ग्रन्थका अनुसार नल नाम गरेको संवत्सरमा राम्रो वर्षा हुन्छ, तर राजालाई दुस्ख र जनताहरू चोरसँग डराउँदछन् । यस वर्षका राजा शनि हुन्, जसका बारेमा बृहत संहिताको ग्रहवर्ष फलाध्यायको अध्याय १९ मा फलादेश गरिएको छ ।

उद्वृत्तदस्युगणभूरिरणाकुलानि राष्ट्रायण्नेकपशुवित्तविनाकृतानि ।
रोरूयमाणहतबन्धुजनैर्जनैश्च रोगोत्तमाकुलकुलानि बुभुक्षया च ।
वातोद्धताम्बुधरवर्जितमन्तरिक्षं आरुग्णनैकविटपं धरातलं द्यौस्
नष्टार्कचन्द्रकिरणातिरजोवनङ्घा तोयाशयाञ्च विजलास् सरितोपि तन्व्यस्
जातानि कुत्रचिदतोयतया विनाशं ऋच्छन्ति पुष्टिमपराणि जलोक्षितानि

शस्यानि मन्दमभिवर्षति वृत्रशत्रौ वर्षे दिवाकरसुतस्य सदा प्रवृत्ते ।।शनि वर्षको राजा हुँदा चोर, डाँका र दुष्ट अपराधीहरूको आतङ्क बढ्दछ । आतङ्कका कारण राजनीतिक अस्थिरता, धनजनको क्षति, भय र त्रासले युक्त सामाजिक जीवन जस्ता परिस्थिति सिर्जना हुनसक्छन् । रोग र भोकको मात्रामा बृद्धि हुँदा आमजनता शोकको स्थितिमा रहनेछन् । मन्त्री बृहस्पति हुँदा भने आमदुनियाले शुभ परिणाम प्राप्त गर्ने प्रसङ्गसमेत उक्त ग्रन्थमा उल्लेख गरिएको छ । एउटा राम्रो पक्ष के पनि देखिन्छ भने यस वर्षका राजा र मन्त्री दुबै ग्रह यसपटक आआफ्ना घरमा रहनेछन्, जस्तै शनिदेव मकर राशिमा र गुरु बृहस्पति मीनमा राशिमा । त्यस्तै बृहस्पतिउपर राजा शनिको पूर्णदृष्टि रहेको छ, यसको प्रभावले विमान दुर्घटना वा कुनै प्राकृतिक प्रकोपले हानि पुग्छ । उता शनि र मङ्गलको द्विर्द्वादश सम्बन्धले विश्वका केही राष्ट्रमा कुनै विषयलाई लिएर युद्धको माहौल बन्नसक्छ । मित्र राष्ट्रहरूका बीचमा पनि राजनैतिक सम्बन्धमा अचानक फाटो बढ्ने सङ्केत छ । कुनै राष्ट्र विशेषमा भूकम्प, बाढी जस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति हुनसक्छ । यस संवत्सरले विश्व परिवेशमा पार्ने प्रभावको अनुमान गर्दा यो वर्ष बढेको मुद्रास्फीतिका कारण जनतामा आक्रोश थपिनेछ ।
बालबालिकासँग सम्बन्धित कुनै नयाँ रोग उत्पन्न हुनाले परिस्थिति चिन्ताग्रस्त बन्नसक्छ । राजनीतिक परिवेश र मुद्दालाई लिएर विश्वभरि नै एक किसिमको तनावपूर्ण अवस्था रहनेछ । रोग र अर्थतन्त्रमा ठूलो उतारचढावका कारण सर्वसाधारणले सास्ती खेप्नुपर्ने परिस्थिति बन्नेछ । संवत् २०७९ को वर्ष प्रवेशकुण्डलीमा कालसर्प योग र विपरीत ग्रहयोग सूर्य शनि, गुरु शुक्रको बीचमा निर्माण हुने भएकाले विश्वका धेरै देशमा विस्फोटक घटना, आतङ्कवादी गतिविधि, सत्ता विद्रोह ९कू०, गृहयुद्ध आदिको अवस्था आउन सक्छ । मुस्लिम बाहुल्य पश्चिम एसियाली देशहरूमा धार्मिक विषयलाई लिएर जनआन्दोलनको अवस्था आउन सक्छ । युरोपेली देश, रुस र अमेरिका पनि यसबाट प्रभावित हुनेछन्, जसका कारण अधिकतम मानिसहरूले आफ्नो घर र रोजगारीबाट विस्थापित हुने परिस्थिति बन्नेछ । असार १७ देखि भदौ १ गतेसम्म मङ्गल र राहुको युतिबाट अङ्गारक योग बन्ने तथा यसै समयावधिमा श्रावण महिनाभरि सूर्य र शनिको समसप्तक योग सिर्जना हुने प्रतिकूल प्रभावका कारण अन्तर्राष्ट्रिय राजनीतिमा निकै अनौठा र अकल्पनीय घटनावृत्तको उपस्थिति हुनसक्छ । यो वर्ष सुन र तामाको मूल्यमा ठूलो उछाल आउन सक्छ । श्रावणको पहिलो हप्तादेखि मंसिरको पहिलो हप्तासम्म शनिश्चर र बृहस्पति ग्रह अर्थात् यस वर्षका दुबै राजा र मन्त्रीको बक्रावस्था रहनाले अशुभ योगहरू प्रभावकारी रहनेछन् ।
यस्तो अवस्थामा राज्य शक्तिमा तीव्र हलचल हुनसक्छ । यस समयमा कुनै पनि शासक र शासनव्यवस्थामा अप्रत्यासित उलटफेर हुने अनुमान गरिन्छ । फलाम, स्टिल, पेट्रोलियम, कोइला, गहुँ, कालो चनालगायत सबै प्रकारका दालको मूल्य बढ्नेछ । यी वस्तुको व्यापारमा संलग्न व्यक्तिहरूले यो वर्ष मनग्य आम्दानी गर्नेछन् । यी परिघटनाले विश्व परिवेशमा जहाँ पनि घटित हुने सम्भावना बोक्दछन्, अब नेपाल र वरिपरिको भविष्यका बारेमा आकलन गरौं । ने अक्षरका आधारमा बृश्चिक राशि । वर्षप्रवेश लग्न अष्टम भावमा, तृतीय भावमा शनिश्चर, पञ्चम भावमा बृहस्पति, छैंटौं र बाह्रौं भावमा क्रमशस् राहु र केतुको उपस्थिति रहने यो वर्ष मिश्रित प्रभावको वर्ष रहनेछ । सरकारले सामाजिक क्षेत्रको सुधारका लागि केही नयाँ योजना ल्याए पनि मुद्रास्फीतिका कारण कार्यान्वयन पक्ष जटिल रहनेछ, जनताको मनमा निराशाको भावना आउनेछ । नयाँ ढंगको राजनीतिक समीकरण बन्नाले संघीय संसद्को निर्वाचनमा व्यवहारिक जटिलता देखा पर्नेछन् । सत्ताले जनताको कडा विरोधको सामना गर्नुपर्छ । जगल्लग्न कुण्डलीमा मिथुन लग्न पर्नु, छैटौं भावको मालिक मङ्गल ग्रह भाग्यस्थानमा शनिको घरमा बस्नु, अनि आठौं घरको मालिक राजा बनेर स्वगृही हुनु त्यत्ति अनुकूल मानिंदैन, जसका कारण केन्द्रमा सत्तारुढ दलका शीर्ष नेतृत्वले गम्भीर समस्या भोग्नुपर्ने हुन्छ ।
कुनै अप्रिय र अप्रत्यासित घटनाको सिर्जना हुनसक्छ, जसले राजनीतिक अस्थिरता र अनिष्टतर्फको सङ्केत गर्दैछ । जगल्लग्न कुण्डलीको लग्नेश बुध, सूर्य र राहुका साथमा राज्यस्थानमा रहनु केही आशावादी मान्न सकिन्छ, तर पनि यसै भावमा पितृदोषको सिर्जना भएकाले राजनीतिक नेतृत्वमा सङ्कट र समस्या उत्पन्न हुनेछ । आठौं भावमा बसेको राजा शनिको दोस्रो भाव अर्थात् धन स्थान, विद्या स्थान र कर्म स्थानमा पूर्ण दृष्टि रहेको तथा कर्म स्थानमा बसेको मन्त्री बृहस्पतिको धन स्थान, सुख भाव र शत्रु स्थानमा पूर्ण दृष्टि रहेकाले सरकारले सार्वजनिक क्षेत्रका कम्पनीहरूमा लगानी बढाउन आर्थिक सुधारका लागि नयाँ कानून ल्याउन सक्छ, तर यसको आम जनतामा नकारात्मक प्रभाव पर्नसक्छ र श्रमजीवी जनता र कृषिवृत्तिमा रहेकाहरूको विरोधको सामना गर्नुपर्नेछ । कोइला, तेल, फलाम तथा प्राकृतिक ग्यासजस्ता ऊर्जा क्षेत्रको आपूर्तिमा देशको ठूलो धन बाहिरिनाले व्यापार घाटामा दिनानुदिन बृद्धिको सामना गर्नुपर्ने हुन्छ ।
विपरीत जलवायुका कारण अन्न उत्पादनमा प्रभाव पर्नेछ । नवौं घरमा शुक्र र मङ्गलको संयोगले उच्च शिक्षाको क्षेत्रमा निजी क्षेत्रको दबदबा कायम हुनेछ, जबकि विश्वविद्यालयमा राजनीति र चाटुकारिता हाबी हुनाले विद्यार्थीको पलायन यथावत् कायम रहनेछ । त्यस्तै यस वर्षको अन्तिमको चार महिना राशिस्वामी मङ्गलले बृष राशिमा बक्र गतिको यात्रा गर्नेछन्, जसका कारण आन्दोलन, युद्ध, लडाइँझगडा, चोरीडकैती जस्ता असामाजिक गतिविधिमा तीव्रता आउनेछ । आर्द्राप्रवेशाङ्गको विचार गर्दा आर्द्रा प्रवेश कुण्डलीमा धनु लग्न छ, लग्नेश बृहस्पति सुख भावमा जलतत्त्वयुक्त राशिमा छ, चन्द्रमा पनि जलतत्त्वयुक्त राशिमा नै देखिन्छ । यस पटक गर्मीको तापमानमा उल्लेखनीय बृद्धि हुनेछ, मनसुनी वर्षा समयमा नै हुनेछ । कतै दुर्भिक्ष र सुखा तथा कतै बाढीपैह्रो र बाढीको परिस्थिति बन्नेछ । यी र यस्ता परिवेशमा बीचमा आगामी नयाँ वर्ष २०७९ सालको आगमन हुँदै गर्दा आम जनताले सजगताका कर्मक्षेत्रमा लाग्ने तथा जिम्मेबार निकायका व्यक्तिले सामाजिक जनजीवनको रोग, भोक र प्राकृतिक विपदालगायतमा सुरक्षाको व्यवस्था गर्ने एवं राष्ट्रोन्नतिका खातिर लागी परेमा यो वर्ष पनि नेपालका लागि शुभ र उन्नतिदायक बन्नसक्ने विश्वास गरिन्छ ।

मेष राशीः चु चे चो ला लि लु ले लो अ
मेष राशी हूनेहरुका लागीवर्ष २०७९ सामान्य वर्ष रहेको छ । आर्थिक रुपले भने यो वर्ष उन्नतिको वर्ष देखिन्छ ।शैक्षिक क्षेत्र पशुचौपाया र कृषिकार्यबाट लाभको संभावना रहेको छ । परिवाजनको सुखमापनि वृद्धि होला।विदेश वा लामो दूरीको यात्रा सफल हुनेछ ।
वर्षारम्भमा मङ्गलको अनुकुलताले जग्गा जमिन र बाहन आदिको सुख प्राप्त हूने देखिन्छ भने व्यवसायक गतिविधिमा पनि केही सुधार आउने देखिन्छ । तर प्रथम राहु र सातौँ केतु प्रतिकुल रहेकाले व्यर्थको विवाद र झमेला उत्पन्न हुनसक्ने हुनाले अत्यन्त सावधानी अपनाउनू पर्ने छ ।स्वास्थ क्षेत्रमा पिन केही बाधा उत्पन्न भइरने छ यसर्थ साबधान रहनूहोला । समग्रमा भने मेष राशी हनेहरुका लागीयो वर्षशूभ नै रहने छ । सोँचेका कार्यहरू सरलताका साथ सम्पन्न हुनेछन् ।जग्गा जमिनको किन वेचमा सरलता हुनेछ । यहाँहरुको लोकप्रियतामा बृद्धि हुनेछ । पारिवारीक तथावैवाहिक जीवन राम्रै छ ।व्यवसायिक गतिविधिपनी राम्रै देखिन्छ । आफन्तका बीचमा कुनै असमझदारी वा तनाव छ भने समाप्त हुनेछ । ठूलाबडासँगको सङ्गतले राम्रै लाभ हूनेछ । आर्थिक रुपले असार, असोज,माद्य र फागून महिना लाभदाएक छन भने वैशाख, असार, मङसिर र फाल्गुन महिना कष्टदायी रहनेछन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो शुभ बार मंगलबार र बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्नो ईष्टदेव भगवान श्री गणेशको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

वृष राशीः इ उ ए ‌ओ वा वि वू वे वो
वृष राशिका लागि २०७९ साल मिश्रित प्रभावका साथमा उपस्थित भएको छ । गुरु एघारौँ स्थानमा हुने हुँदा अध्ययन अध्यापनकार्य धार्मिककार्य, तीर्थ ब्रतआदी सफल होलान । वृहस्पति शुभ फलदायी रहनालेदाम्पत्य र पारिवारिक जीवन सुखमय रहला । परिवारमा मांगलिक कार्य हुनेछ । यस वर्ष सन्तान प्राप्तीको इच्छा राखेका हरुलाइ सन्तान सुख मिल्ने छ । जागीरमा प्रोन्नतिको योग छ। राहुको खराव प्रभावलेभने हानि नोक्सानी र पिडा सहनुपर्नेछतर सावधानी पूर्वक गरेका सबै कार्य सफलतातिरनैअगाडी बढ्नेछन। परिवारमा स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने र खर्च समेत बढ्नेछ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरु अधुरो रहेपनि उत्तराद्र्धमा सबै काम बन्नेछन् । आर्थिक दृष्टिले श्रावण, कात्तिक, फागुन र चैत महिनामा शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग सेतो र निलो, शुभ बार शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

मिथुन राशीः क कि कु घ ङ छ के को ह
मिथुन राशि हुने हरुकालागीकर्मक्षेत्र र पठनपाठनका दृष्टिले वर्ष २०७९ उत्कृष्ट समय रहनेछ । नोकरी र व्यवसायमा स्तरबृद्धि र पदोन्नतिको योग बनेको छ तर नोकरीमा स्थानान्तरणको योग छ, सरुवा हुने वा कामविशेषले घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । नयाँ रोजगारीको आवश्यकता भएका हरुले रोजगार प्राप्त गर्नेछन । त्यस्तै गरी पारिवारिक वातावरण सौहाद्रपूर्ण रहनेछ,वर्षको मध्यभागमा लामो दूरी वा वैदेशिक प्रयोजनको यात्राको सम्भावना देखिन्छ । दाजुभाइ र दिदीबहिनीसँग सुमधुर र आत्मीय सम्बन्ध रहनेछ । जग्गाजमिन र घरघडेरीकोकारोबारबाट लाभ लिन सकिनेछ ।प्रेमजीवन र दाम्पत्य सम्बन्धमा भने उतारचढाव भइरहनेछसाथै स्वास्थ्यसम्बन्धी सानातिना समस्याहरू झेलिरहनु पर्नेछ । खासमामिथुन राशि हुनेहरूका लागि यो वर्ष अष्टम भावमा बसेको शनिको अढैयाको प्रकोप रहने वर्ष हो ।यसले गर्दा कार्यक्षेत्रमा अनेक कठिनाको सामना गर्नुपर्छ, परिणामस्वरुप मानसिक रूपमा निर्बल बन्ने सम्भावना हुन्छ । ।तर सुरुमा झमेला र सङ्घर्षको स्थिति भए पनि अन्त्यमा कार्य सफल हुनेछ । यस अवधिमा अनावश्यक वादविवाद बाट जोगिनु बेस हुनेछ । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान बिष्णु को स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिथुन राशि लाई यो वर्ष अढैया शनिको अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।
यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग हरियोे र सुन्तला, शुभ बार बुधाबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन ।

कर्कट राशीः हि हू हे हो डा डि डू डे डो
कर्कट राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु दशम भावमा, केतु चतुर्थ भावमा, शनि सप्तम भावमा र बृहस्पति नवम भावमा गोचर गर्नेछन ।यसर्थ कर्कट राशिका जातकले वर्ष २०७९ सालमा मिश्रित फल प्राप्त गर्नेछन् ।वृहस्पति भाग्य स्थानमा शुभ र शक्तिशाली रहने हुनाले सुख—शान्ति र मान—सम्मान बढ्नेछ । धार्मिक कार्यमा मन बढ्नेछ । धार्मिक तिर्थस्थलहरुको यात्रा हुनेछ । यस वर्ष सन्तान सुख मिल्नुका साथै पठनपाठन समेत सप्रने छ ।व्यापार सावधानी सँग गरे निकै लाभ होला तर शेयरकारोबारीले जोखिम नलिनु नै राम्रो होला । धनार्जनका बाटोमा देखिएका बाधारअड्चनहरूको अन्त्य हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । घरायसी र पारिवारिक समस्याको अन्त्य हुनेछ । अभिभावक वर्ग र मातापिताका साथमा राम्रो सम्बन्ध कायम हुनेछ । प्रतिष्ठित र सम्मानित व्यक्तित्वसँग भेटघाट हुने तथा सरसहयोग लिन सकिने समय छ । विद्यार्थीहरूले मिहिनेत गर्ने, पढाइप्रति जागरुकता उत्पन्न हुने तथा राम्रो रिजल्ट निकाल्ने वर्ष हो । गृहस्थीजनको सन्ततिहरूसँग मतभेद बढ्ने समय हो । वैवाहिक जीवनमा उतारचढाबको स्तीथि रहनेछ, नोकरीगर्नेहरुकालागी सामान्यसमय रहेको छ, पुराना समस्या वा तनाव छन् भने तिनको समाधान हुनेछ । आर्थिक स्थितिमा क्रमिक सुधार आउनेछ। यो वर्ष सम्पत्ति लाभको योग रहेको छ । रोकिएको वा डुबेको धन प्राप्त हुनेछ। लामो समयदेखि रहेका समस्या समाधान गर्न सकिनेछ । यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग सेतो र गुलाबि, शुभ बार सोमबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

सिंह राशीः मा मि मु मे मो टा टी टु टे
सिंह राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु नवम भावमा, केतु तृतीय भावमा, शनि छैठौं भावमा र बृहस्पति अष्टम भावमा गोचर गर्नेछन । सुरुमा धनको सम्बन्धमा समस्या आउन सक्छ। बिस्तारै आर्थिक स्थितिमा सुधार आउनेछ । यो वर्ष इष्टमित्र दाजुभाइको सहयोग मिल्नेछ र तपाईले हरेक क्षेत्रमा धेरै सकारात्मक नतिजाहरू प्राप्त गर्नुहुनेछ।दाम्पत्य जीवनका समस्याहरु समाधान भई पारिवारिक सुख सन्तोष मिल्नेछ ।मग्रतामा यो वर्ष उन्नतिकारक वर्ष हो । घरपरिवारमा खुसीको वातावरण देखिनेछ । रोकिएको वा फँसेको धन हात पर्नेछ । विदेश वा वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ पाइनेछ । आर्थिक उन्नतिका लागि गरिएको प्रयासमा सफलता पाइनेछ । सङ्गीत, गायन, चित्रकला वा मनोरञ्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । नवीन सम्पत्ति खरीदबिक्रीका लागि उचित समय छ । विद्यार्थीको उच्चशिक्षा वा वैदेशिक प्रयोजनको कामधाममा राम्रो सम्भावना बनेको छ विरोधी पक्षको दबाबमा कमी आउनेछ । तीर्थस्थलको वा विदेश यात्राको योग छ । व्यवसायिक उन्नतिका साथ व्यक्तित्व विकासको राम्रो योग बनेको छ । परिवारमा सँगै बस्नेका तुलनामा घरबाहिर बस्नेका लागि अझ राम्रो समय देखिन्छ
सिँह राशी हूनेहरुको राहु र वृहस्पति भने अशुभ रहनाले दुर्घटनाको भय, पाप कर्म र परधनमा आशक्ति बढ्नेछ । आम्दानीमा सहजता नै देखिन्छ, तर खर्चको मात्रामा पनि बृद्धि भइरहन्छ । स्वास्थ्यपक्ष बलियो देखिन्छ, तर वर्षान्तमा कण्टक शनिको प्रभावले पारिवारिक झैझगडा र कलहको परिस्थिति सिर्जना गर्नेछ तर राहु र वृहस्पतिको शान्ति गर्नाले अशुभ बाट बच्न सकिन्छ । आर्थिक दृष्टिले जेठ, असार, असोज, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक १, शुभ रंग रातो र गुलाबि, शुभ बार आईतबार र सोमबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान सुर्य लाई जल चढाउनु, प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

कन्या राशीः टो प पी पू ष ण ठ पे पो
कन्या राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु अष्टम भावमा, केतु द्धितीय भावमा, शनि पञ्चम भावमा र बृहस्पति सप्तम भावमा गोचर गर्नेछनयसर्थकन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । गुरुको अनुकुलताले गर्दा अध्यन अध्यापन कार्य धार्मिक कार्य, तीर्थ वर्त जस्ता कार्य सफल होलान ।आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। पुरस्कार तथा मान–सम्मान प्राप्त हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ। व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुनेछ । वर्षभरि धनआर्जनका विभिन्न स्रोतहरू जुट्नेछन्। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ। धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ।समग्रतामा कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष शान्तिकारक वर्ष हो । सकारात्मक उद्देश्य र लक्ष्यमा सफलता पाइनेछ । नयाँ जोडी बाँध्न, नवीन रोजगारीका लागि प्रयास गर्न तथा नयाँ सन्तानको योजना बनाउन राम्रो समय छ । पुराना जोडीको जीवनसाथीको स्वास्थ्यस्थितिमा समस्या हुने तथा उतारचढाव आउने समय रहेकाले कुनै चिरफारजन्य रोगको सम्भावनासमेत देखिन्छ । पतिपत्नीमा विनाकारण मतभेद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ ।राहु र केतु अशुभ फलदायी भएकाले स्वास्थ्यसम्बन्धि समस्याहरु उत्पन्न हुने र शनिका कारण सन्तान पिडा र धनहानी भएपनि वर्षान्ततिर शत्रुहरु नास भई सुख बढ्ने आर्थिक लाभ पनि प्रशस्तै हुने छ । पशुव्यवसाय, व्यापारबाट राम्रो नाफा मिल्नेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आम्दानी समेत बढ्ने छ । आर्थिक दृष्टिले असार, साउन, मंसिर र फागुन महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ५, शुभ रंग हरियो र सुन्तला, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान नारायणको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

तुला राशीः रा री रु रे रो ता ती तु ते
तुला राशि हुने व्यक्तिका लागि वर्ष २०७९ मिश्रित प्रकृतिको समय रहनेछ।यो वर्ष मुख्य ग्रहहरु राहु सप्तम भावमा, केतु शिरमा, शनि चतुर्थ भावमा र बृहस्पति छ्रैठौं भावमा गोचर गर्नेछन जसले गर्दा धनको सम्बन्धमा सुरुमा केही कठिनाइहरू आउनेछन्, तर आवश्यकताहरू पूरा भइरहनेछन्।, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने वर्ष रहेको छ। बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ।कार्यक्षेत्रमा परिवर्तन हुने वा नयाँ कामको थालनी हुने सम्भावना पनि देखिन्छ।साझेदारीमा असमझदारी बढ्न सक्छ।गुरु, शनि, राहु र केतु ग्रहहरु अनिष्ट फलदायी हुनाले हानीनोक्सानी बढ्ने, शरिरमा रोगले घर बनाउने, आर्थिक समस्याले सताउने, शत्रु बढ्नाले भय, त्रास र पीडाको अवस्था आउने जस्ता अशुभ फल प्राप्त हुने हुदा शुभफल प्राप्तिका लागि गुरु, शनि राहु र केतुको शान्तिकर्महरु गर्नुपर्नेछ । व्यापार व्यवसाय, पशुपालनबाट राम्रै नाफा कमाउन सकिनेछ । नोकरीमा तनाव र थुप्रै अपसज सहनु परे पनि सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।दाम्पत्य जीवनमा खट्पट र कलहको योग बनेको छ तर प्रेमसम्बन्धका लागी समय राम्रो छ । यस वर्ष सन्तान सुख मिल्नुका साथै पवित्र तिर्थस्थलहरुको भ्रमण हुनेछ ।शनिको अढैया प्रभावले मन अशान्त भइरहने छ। शरीरमा आलस्य बढ्नाले अध्ययन कमजोर रहनेछ ।परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। राहु र केतुको प्रभावले स्वास्थ्यबाधा, झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्यासँग जुध्नुपर्ने छ।मग्रमा दैनिकी संघर्षपूर्ण देखिए पनि मिहिनेतले आसलाग्दो उपलब्धि दिलाउनेछ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। । यो वर्ष तपाईका लागि शुभ अंक ६, शुभ रंग सेतो र निलो, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन ।

वृश्चिक राशीः तो ना नि नु ने नो या यि यू
बृश्चिक राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु छैठौ भावमा, केतु व्यय भावमा, शनि तृतीय भावमा र बृहस्पति पञ्चम भावमा गोचर गर्नेछन, जसका कारणवृश्चिक राशिका लागि यस वर्षले धेरै क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चुनौती र कठिनाइको सामनासमेत गर्नुपर्ने हुन्छ ।पञ्चम भावमा रहेका बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। घरगृहस्थी सुखद् र आनन्दमय रहनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। वर्षको उत्तरार्धमा सन्तानसुखको योगसमेत रहेको छ।

समग्रमा भन्नुपर्दा बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष राम्रोनैै रहने छ । वृहस्पति शनि र राहु यसवर्ष शुभ फलदायी रहनाले नसोचिएका राम्रा कामहरु पुरा हुनेछन् तर सामाजिक सम्मान र मानप्रतिष्ठामा विकार आएको समय हो, अतस् धार्मिक वा नैतिक दृष्टिले अशुभ मानिएका कामबाट टाढा रहनु ठीक हुन्छ । सामान्यतया यस वर्षको जेठ, पुस र चैत्र महिना कमजोर रहनेछन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जी को प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

धनु राशीः ये यो भा भी भू ध फा ढ भे
धनु राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु पञ्चम भावमा, केतु लाभ भावमा, शनि द्धितीय भावमा र बृहस्पति चतुर्थ भावमा गोचर गर्नेछन ।धनु राशिका व्यक्तिहरूमा अधिकांस क्षेत्रमा राम्रो फल प्राप्त हुने समयका रूपमा वर्ष २०७९लिन सकिन्छ।जन्मराशिका बृहस्पतिले नीति–नियम, प्रतिष्ठा र आत्मसम्मानका पक्षमा उभिने प्रेरणा प्रदान गर्नेछन्। लाभस्थानमा रहने शनि र पराक्रमभावमा रहने शुक्र र मंगलका प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। भौतिक सुख–सुविधा बढ्नेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। सेयर, उद्योग र ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने समय छ।
सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापारव्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्ने व्यक्तिको उत्तरोत्तर प्रगति हुनेछ । प्रतिस्पर्द्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् ।
केतु शुभ रहनाले आम्दानी बढ्ने र यश किर्ति प्राप्त हुने जस्ता शुभ फल मिल्नेछ । व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ । राहु र शनि र अशुभ रहनाले हरेक काममा आफन्तबाट असहयोग हुने स्वास्थ कमजोर रहनेछ र आम्दानीको तुलनामा खर्च बढ्ने र हानी नोक्सानी बढ्नाले मन अशान्त रहनेछ अत धैर्य गर्नु राम्रो होला । स्वास्थ्यका दृष्टिले पनि बलियो समय छैन, खुट्टा र आँखासम्बन्धी रोगको जोखिम रहेको छ ।साढेसाती शनिको प्रभावले झट्ट आरोप लाग्ने जस्ता फल प्राप्त होला । सन्ततिको उन्नतिप्रगतिका लागि भने राम्रो समय छ, तर स्वास्थ्यस्थिति र आचरणप्रति चनाखो हुनुपर्छ । राज्यपक्षबाट लाभ पाइनेछ । पुरानो कर्जा चुक्ता हुनेछ, वा नयाँ ऋणकारोबारको अनुकूलता मिल्नेछ । फँसेको वा कतै अड्किएको धन प्रप्त गर्न सकिनेछ । धार्मिक कृत्यमा खर्च बढ्नेछ । विद्यार्थी वर्गका लागि सामान्यतया यो वर्ष ठीकैको समय देखिन्छ ।वैदेशिक कार्यमा भ सफलता पाइएला । नोकरीमा उपलब्धी हासिल हुनेछ, व्यापारी वर्गका निमित्त अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । माघ २७ पछि शनिको शाशिपरिवर्तन पछि सुधार होला ।प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार बिहिबार, शुभ दिशा पुर्व रहनेछन ।

मकर राशीः भो जा जी जे जू जो खा खे खो गा गी
मकर राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु चतुर्थ भावमा,केतुदशम भावमा, शनि प्रथम भावमा र बृहस्पति तृतीय भावमा गोचर गर्नेछन ।यसको फलस्वरुप नोकरीमा पदोन्नतिको योग छ र हाकिम वा अधिकारीबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । प्रेमसम्बन्धमा राम्रो रहनेछ, दाम्पत्य जीवन पनि सुखमय रहनेछ ।कामका अवसरहरु यस वर्ष प्राप्त हुनेछन् । अध्ययन क्षेत्र सुधारतर्फ जानेछ । वैदेशिक क्षृेत्रका कामहरु बन्नेछन् । पशु व्यवसाय र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । परिवारमा बढोत्तरी हुनेछ । स्वदेशी र वैदेशिक दुवै व्यापारबाट राम्रै मुनाफा मिल्ने छ । आर्थिक दृष्टिले असार, कात्र्तिक, मंसिर र चैत्र महिना शुभ रहेका छन् । बन्दव्यापारमा संलग्न व्यक्तिहरू र निजी क्षेत्रका जागिरेले परिश्रमको पूर्ण फल प्राप्त गर्ने समयावधि हो ।तरमकर राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले मानसिक चिन्तामा बृद्धि हुनेछ । वादविवाद र कलहको वातावरण रहनेछ । निरर्थक दौडधूप र भागम्भाग गर्ने परिस्थिति बन्ने छ र भनेजस्तो सफलता नमिल्दा थप असन्तुष्टि बढ्नेछ । हरेक काममा बाधारअड्चन आउने वा दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नेछ । स्वयं आँफूलाई तथा घरपरिवारमा कुनै न कुनै रोगले सताइरहने समय हो, वर्षान्तमा आँखाको समस्या र रगत सम्बन्धी रोगले दुस्ख दिनसक्छ, सचेत हुनुपर्छ ।शनिशाढेशातीको अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग खैरो र निलो, शुभ बार बिहिबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन ।

कुम्भ राशीः गू गे गो सा सी सू से सो द
कुम्भ राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु तृतीय भावमा, केतु नवम भावमा, शनि व्यय भावमा र बृहस्पति धन भावमा गोचर गर्नेछन ।जसको फलस्वरुप कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष चुनौती र सङ्घर्षले भरिएको समय बन्नेछ । म्भ राशिका व्यक्तिका लागि यो वर्षभरि आद्य र मध्य साढेसातीको प्रभाव रहनेछ ।जसले गर्दा कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्छ ।स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नसक्छ । रक्तअल्पता, उच्च रक्तचाप वा कुनै रगतसित सम्बन्धित रोगव्याधि छ भने बढी सतर्कता अपनाउने समय हो, त्यस्तै मानसिक चिन्ता र अशान्तिले पनि पिरोल्न सक्छ । पारिवारिक र घरायसी समस्याहरूका बृद्धि हुनेछ, आर्थिक पक्षमा पनि लापरबाही नगरेको जाती हुन्छ । आजीविकाको क्षेत्र र बन्दव्यापारमा थप मिहिनेत गर्दा केही सुधार हुनेछ । स्थिर सम्पत्ति, घरघडेरी वा सेयर बजारमा पूँजी लगाउनु अघिविचार गरेर निर्णय लिएको ठीक हुन्छ । चोटपटकको योग बनेको छयसर्थ सवारीसाधनमा यात्रा गर्दा सावधान रहनुपर्छ ।
यसका बाबजुत, कुम्भ राशीकालागी वृहस्पति र राहु यस वर्ष शुभ फलदायी रहनाले आर्थिक उन्नती हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याहरुबाट छुट्करा मिल्नेछ । नयाँ नयाँ कामका अवसरहरु मिल्नेछन् । अध्ययन— अध्यापन कार्य यस वर्ष सफल रहनेछ । सामाजिक कार्य र नोकरीमा वर्षको पूर्वाद्र्धमा थुप्रै अपसज खप्नु परे पनि वर्षको उत्तराद्र्धमा मान बढ्नेछ । कुम्भ राशि लाई यो वर्ष शनिशाढेशातीको अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ । यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग खैरो र निलो, शुभ बार शुक्रबार र शनिबार, शुभ दिशा पश्चिम रहनेछन ।

मीन राशीः दी दू थ झ ञ दे दो च ची

मिन राशिका लागि यो वर्ष राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन ।राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले वर्ष २०७९ अत्यन्त सुखद र परिणामदायी वर्षबन्नेछ। धेरै क्षेत्रमा मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ साथै परिवारमा मांगलिक कार्य हुनेछ । बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन्,यो वर्ष मीन राशी भएका विद्यार्थीलेपढाइमा राम्रो गर्नेछन । जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले पद प्राप्त गर्नेछन्। सामाजिक काम र नोकरीमापनि थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ ।
समग्रमा यो वर्ष अनुकूल र राम्रो समय रहनेछ । बहुप्रतीक्षित उपलब्धीहरू प्राप्त हुनेछन् तरयसवर्ष मिन राशीका लागीशनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल प्राप्त हुुने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण जस्ता उपायहरु गर्नु शुभ हुनेछ ।
यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन ।

लेखक युवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनाल दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रिय सदस्य हुन् । सम्पर्क – ग्लोबल एस्ट्रलोजी घोराही दाङ माेवाइल ९८५११९३९६४, ९८२२८५०७३५

लेखकको वारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/astromuskan