आजदेखि खुल्यो दुई नयाँ हल

बैशाख ०१, २०७९


नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि दुई नयाँ चलचित्र घर संचालनमा आएका छन् । ती मध्य एक दरबारमार्गमा ‘दरबार सिनेम्याक्स’ रहेको छ भने अर्को वान सिनेमाले कालिमाटीमा संचालनमा ल्याएको हो ।
दरबार मार्गमा रहेको ‘दरबार सिनेम्याक्स’ गुण ग्रुपद्वारा सञ्चालनमा ल्याइएको हो । ५२ र ५३ सिट क्षमताको दुई वटा हल अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा आएको प्रवन्ध निर्देशक दीप्रस शाक्यले बताए ।
हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अडर अनुसारको खाना र वार सहितको सेवा प्रदान गर्ने गरेर हल संचालनमा आएको हो ।

वान सिनेमाजले काठमाडौंको कालिमाटीमा सञ्चालनमा ल्याएको हल ३०० सिट क्षमताको रहेको वान सिनेमाजका प्रमुख प्रज्वल राणाले बताए । हल कालिमाटी ट्रेड सेन्टरको चौथो तल्लामा रहेको छ ।
दुबै हलमा आजदेखि ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ ।