कृष्ण र अस्मिताले ल्याए ‘सिंहदरबार झ्यालैमा ऐना’

बैशाख ०१, २०७९


गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सिंहदरबार झ्यालैमा ऐना’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द र गायक काफ्ले कै संगीत रहेको गीत नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेलको अभिनय छ । सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन भिडियोमा छ ।