मिथिला अभिनित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक

बैशाख ०७, २०७९


उत्तम सञ्जेलद्वारा निर्देशित सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ । मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा अजय अधिकारी ‘सुशील’, साक्षी लम्साल, सन्दिप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रविन दोङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्ममा धन–सम्पत्तिका लागि छोरा–छोरीले आमा–बुबालाई के र कतिसम्म गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । फिल्मको छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् । नविन घर्ती मगरको सम्पादनमा रहेको फिल्ममा कथा, पटकथा, संवाद पनि निर्देशक उत्तम सञ्जेलले नै तयार पारेका हुन् । १७ मिनेट लामो यो फिल्मलाई ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।