थप १५ जनामा कोरोना संक्रमण, २९८ जना सक्रिय संक्रमित

बैशाख ०८, २०७९


काठमाडौं ८ वैशाख ।

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३२ जना निको भएका छन् भने हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।