आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरीदै

बैशाख १७, २०७९


१७, स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनका लािग उम्मेदवारी दर्ता गरेका उम्मेदवारको शुक्रबार अन्तिम नामावली प्रकाशन गरिएको छ। उनीहरुलाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

राजनीतिक दलबाट उठेका उम्मेदवारलाई दलकै चुनाव चिह्न प्रदान गरिनेछ। त्यस्तै, स्वतन्त्र उम्मेदवारलाई उनीहरुले रोजेको चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । तर, स्वतन्त्र उम्मेदवारले मतपत्रमा भएका चुनाव चिह्न रोज्नुपर्नेछ ।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको थियो। त्यसपछि वैशाख १३ गते उम्मेदवारमाथि उजुरी आह्वान गरेको थियो ।

वैशाख १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरेको छ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । त्यसमा शुक्रबार करीब चार हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

अब आज चुनाव चिह्न प्राप्त गरेसँगै चुनावी प्रचार जोडतोडका साथ चल्नेछ । वैशाख ३० गते मतदान हुनेछ ।