२४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख २०, २०७९


पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै २३ जना डिस्चार्ज भएको र देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।