तुलसीपुर १० मा एमालेको प्यानल विजयी
जेठ ०८, २०७९
तुलसीपुर, ८ जेठ ।
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका यमराज केसीको प्यानल विजयी भएको छ । १८७९ मत प्राप्त गरेर केसी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट ध्रुव शाहले १०२३ मत ल्याउनु भएको थियो । उहाँले ८५६मत बढी मत ल्याएर विजयी हुनुभएको हो ।
वडामा सानदार मतका साथ प्यानल विजयी भएको हो । महिला सदस्य भगवती धिताल,दलित महिला सदस्य सरु सुनार,खुल्ला सदस्यहरु ज्ञान बहादुर खड्का,सिशोर वियोग चौधरि विजयी भएका हुन ।
काँग्रेसको गढका रुपमा चिनिने वडामा एमालेले विरासत भत्काउन सफल भएको छ । यो वडा काँग्रेसका क्षेत्र नम्बर ३ का सभापति जगत खड्काको वडा हो । गठबन्धनका उम्मेदवार ध्रुव शाहलाई एमालेका केसीले सुरु देखि नै पछाडि पारेका थिए ।






