तुलसीपुर-७ का नव निर्वाचित जनप्रतिनिधिहरुले गरे पदभार ग्रहण

जेठ १३, २०७९


जेठ १३, नव निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्दै नयाँ कामको थालनी गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा न.७ मा नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै जनतासंग संगै रहेर काम गर्ने बताएका छन् ।

वडा अध्यक्ष रामबहादुर जिसीले नागरिकका हरेक समस्यामा हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भएको छ । वडाले बिषेश गरेर सामाजिक सुरक्षा भत्ता वडाबाट प्रदान गर्ने, भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई सिघ्र व्यवस्थापन गर्ने लगायतका योजनाका प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्ने बक्क्ताहरले जनताको नजिकको साथी बनेर, ७ नम्बर वडालाई १९ नम्बर वडा मध्य नमुना वडा बनाउन सुझाब दिएका छन् । नमुना काम गर्नको लागि वडा बासीले सधै साथ दिने बताएका छन् ।

त्यस अबसरमा एन प्यासनका अध्यक्ष बिमल गौतम, जनमोर्चाका दुर्गा प्रसाद भण्डारी, जीवन भण्डारी, समाजबादीका प्रतिनिधि प्रेमचन्द्र गैरे, माओवादीका प्रतिनिधि लिलाधर बिश्वकर्मा, एमालेका खगेश्वर पराजुली, कांग्रेसका ओम वली, जोगेन्द्र बिश्वकर्मा, डिल्लीराज भण्डारी लगायतले शुभकामना दिदै आगामी दिनमा वडाबासीको मन जित्ने गरि काम गरेर देखाउन सुझाव दिएका छन् ।

यस्तै निवर्तमान वडा सदस्य चित्रा मल्ल, निवर्तमान अध्यक्ष टोपबहादुर केसीले ५ बर्षसम्म गरेका कामको समिक्षा गर्दै अब आएका जनप्रतिनिधिले राम्रा काम गर्ने र अधुरा कामहरुलाई पुरा गर्ने बताउनुभयो । विकास निमाणर्को कामदेखि सबै काममा वडालाई अब्बल बनाउने कुरामा आफुले हरदम साथ दिने बताउनुभयो ।

वडा अध्यक्ष राम बहादुर जिसिको अध्यक्षता एवं निर्वतमान वडा अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सन्तोष केसीले गर्नु भएको हो ।