विश्व वातावरण दिवसमा एन प्याव्सन दाङ द्वारा जनचेतनामुलक र्यालिकाे आयाेजना

जेठ २२, २०७९     शरद रेग्मी


दाङ २२ जेठ । जुन ५ अर्थात विश्व वातावरण दिवस अाज विभिन्न कार्यक्रम गरि नेपाल सहित विश्वभर मनाईएकाे छ । यसवर्ष माटाे वचाउ भन्ने नारा सहित दिवस मनाईएकाे हाे । दिवसकाे अवसरपारि एन प्याव्सन दाङले जनचेतना मुलक र्यालि गरेकाे छ । विद्यालयका विद्यार्थीहरुकाे सहभागितामा माटाे वचाउ, पृथ्वी वचाउ, जीवन वचाउ, वतावरणकाे संरक्षण गराै लगायतका नारा लेखियका प्ले कार्ड सहित र्यालि गरियकाे हाे । अरनिको मैदान वाट शुरु भएको र्यालिले तुलसिपुर वजारकाे विभिन्न भागकाे परिक्रमा गरि विपि चाेकमा समापन गरिएकाे थियाे । एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा वाेल्ने वक्ताहरुले अहिलेकाे प्रमुख चुनाैति भनेकाे माटाे वचाउनु रहेकाे वतायका थिय । माटाेकै कारण विभिन्न खाले वनस्पतिहरु लाेप हुदै गयकाे र उत्पादनमा समेत ह्रास आयकाे हुदा माटाे वचाउने अभियानमा लाग्न सुझाएका थिय । साे अवसरमा वाेल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागिले वातावरण विनास न्युनिकरणका लागि सवै क्षेत्रकाे सहकार्य अावश्यक रहेकाे वताउनु भयाे । डागिले वातावरण विनास भै रहेका कारण नै माटाेकाे समेत विनास भैरहेकाे भन्दै समयमै माटाे संरक्षण अभियानमा ध्यानदिन सम्वन्धित निकायकाे ध्यानाकर्षण गराउनु भयाे । त्यस्तै कार्यक्रममा वाेल्दै सरसफाइ अभियन्ता विमल रिजालले यस्ताे महत्वपूर्ण दिवसमा सरकारि क्षेत्र वाट कुनै कार्यक्रम नगरिनु दुखद कुरा भएको वताउनु भयाे । रिजालले सरसफाइ र वातावरण संरक्षण गर्ने अभियानमा जनता संग सहकार्य गरेर अगाडि वढन स्थानिय निकायहरुलाई अाग्रह गर्नु भयाे । त्यसैगरि कार्यक्रममा वाेल्दै एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले वातावरण संरक्षण अहिलेकाे प्रमुख चुनाैति रहेकाे भन्दै यसकाे संरक्षणका लागि हामी सवै लागिपर्नु पर्नेमा जाेड दिनु भयाे । कार्यक्रमकाे सहजिकरण सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थियाे ।