असार २६ गते इदको अवसरमा सार्वजनिक विदा
असार २२, २०७९
असार २२, सरकारले असार २६ गते आइतवार देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज बुधवार एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।








