शान्तिनगर गाउँ पालिकाको ५१ करोड ९७ लाख ४८ हजार बजेट

असार २४, २०७९


निराश पान्डे

चिराघाट २४  असार ।

शान्तिनगर गाउँ पालिकाको आर्थिक बर्ष २०७९/८० को कुल ५१ करोड ९७ लाख ४८ हजार बजेट शुक्रबार १२ औं गाउँ सभाको दोस्रो बैठकले बहुमतका साथ पास गरेको छ। साथै बैठकले न्यायिक समिति लाई पनि पुर्णता दिएको छ।उपाध्यक्ष प्रेमा बुढाथोकी के सि संयोजक रहनु भएको अन्य सदस्यमा भुमा सुनार र गंगा राम डाङ्गी चयन भएका छन। साथै बैठकले शान्तिनगरको स्वास्थ्य ऐन २०७६ को दफा १२ को उपदफा ३ (ग )मा भएको ब्यबस्था संशोधन समेत गरेको छ भने बैठक   शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा बसेको थियो।