आकाश र तनुजाको ‘शिरको फूल शिरैमा’ सार्वजनिक (भिडियोसहित)

असार २६, २०७९


काठमाडौं । युवा स्टार नायक आकाश श्रेष्ठ र मोडल तनुजा ओली फिचर्ड म्युजिक भिडियो ‘शिरको फूल शिरैमा’ सार्वजनिक भएको छ।लोक शैलीमा तयार भएको गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर रहेको छ।

एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको गीतमा राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको  छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको यो गीतमा युवा–युवतिको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।