शिव परियारको नयाँ गीत ‘लेख्छ कस्ले मर्ने मिति’ सार्वजनिक

साउन ०३, २०७९


गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले बिछोडिएको परिवारको कथा भिडियोमा देखाइएको छ । भिडियोमा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको पनि अभिनय छ । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोका निर्देशक विक्रम चौहान हुन् ।