नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

साउन ०४, २०७९


साउन ४, नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् । नेपाली टिमले अमेरिका र स्कटल्यान्ड भ्रमणमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि दासानायकेले राजीनामा दिएका हुन् । बुधबार राजीनामाको घोषणा गर्दै उनले एक साताअघि नै इमेलबाट राजीनामा पत्र क्यानलाई पठाएको बताएका छन् । उनी गत मंसिरमा दुई वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए ।

दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको क्यानले जनाएको छ । उनी पहिलोपटक सन् २०११ देखि २०१५ सम्म राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए । पुबुदुले प्रशिक्षण सम्हालिरहँदा नेपाललेआईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।