७० बढी देशमा देखियो मंकीपक्स संक्रमण

साउन ०९, २०७९


दाङ, ९-साउन

 विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ ।