यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

साउन २०, २०७९


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।