पशुपति क्षेत्रमा ‘कृष्ण-लीला’ टिमले बाड्यो नि:शुल्क पानी

साउन २३, २०७९


 काठमाडौं । आगामी भाद्र ३ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘कृष्ण-लीला’ले प्रचारप्रसारलाई थप सशक्त बनाउदै लगेको छ। यस्तैमा सोमबार चलचित्रको टिमले पशुपति क्षेत्रमा भक्तजनलाई निःशुल्क पानी वितरण गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ ।
नि:शुल्क पानी वितरण कार्यमा चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री, क्याप्टेन अर्थात् निर्देशक दीपक ओली,कलाकार रबिन्द्र झा,निर्माता रोहित कट्टेल र  रत्न श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । साउने सोमबारमा पशुपति क्षेत्रमा दर्शनार्थीको निकै भिड हुने गर्दछ यसै भिडमा चलचित्रको प्रचार संगै सामाजिक कार्य गरिएको निर्देशक दिपक ओलीले बताए।

चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ ,रवीन्द्र झा,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाईँ,आयुषा क्षेत्री,पीताम्बर आचार्य लगायतकाको अभिनय रहेको छ। प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सह-निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको वितरक पनि आरआर फिल्मस नै हो । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ।