पाठ्यक्रम योजना निर्माणका लागि सुझाब संकलन गर्दै कपुरकोट गाउंपालिका

साउन ३०, २०७९


कपुरकोट, ३० साउन ।

सल्यानको कपुरकोट गाउंपालिकाले स्थानीय पाठ्यक्रम तथा गाउं शिक्षा योजना निर्माणका गर्नका लागि वडा स्तरमा सुझाब संकलन गरीरहेको छ । स्थानीय पाठ्यक्रमको नाम, समेटिने विषयक्षेत्र र पञ्चबर्षिय गाउं शिक्षा योजनाका लागि वडा स्तरमा रहेका क्षिक्षासंग सरोकार राख्ने नागरिगहरुसंग सुझाब संकलन गरी रहेको हो ।

कपुरकोट गाउंपालिका भित्रका ६ वटै वडाका शिक्षासंग सरोकार राख्ने नागरिकले दिएको सुझाबका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरिने तथा आगामी पाँच वर्षमा कपुरकोट गाउँपालिकाको शिक्षा सुधारको लागि शैक्षिक योजना बनाएर व्यवस्थित ढंगले शिक्षाको विकास गर्न लागिएको कपुरकोट गाउंपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक दुर्गा बहादुर पुनले जानकारी दिनु भयो ।

गाउंपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट गाउपालिकामा रहेका सबै सामुदायिक तथा संस्थागत बिधालयमा पढाइ हुने गरी पाठ्यक्रमको कार्यलाई तीव्रता दिइएको शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले जानकारी दिनु भयो । शिक्षा योजना बनाउनु पूर्व पालिकाको अहिलेको शैक्षिक अवस्था पत्ता लगाउनको लागि पलिकाको शैक्षिक पार्श्वचित्र समेत बनाइने शिक्षा अधिकृत भण्डारीले जानकारी दिनु भयो ।

गाउं शिक्षा समितिले कक्षा एक देखि कक्षा आठ सम्म स्थानीय पाठ्यक्रम तथा पञ्चबर्षिय गाउं शिक्षा योजना निर्माण गर्ने निर्णय गरे पछि वडा स्तरमा सुझाब संकलन कार्यलाई तिब्रता दिइएको हो । समितिले आज वडा नं.१ र २ मा सुझाब संकलन गरेको छ भने भोली वडा नं.३ र ४ मा सुझाब संकलन गर्ने छ ।

स्थानीय पाठ्यक्रम निर्माण तथा गाउं शिक्षा योजना निर्माणका लागि दामोदर शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । जसको सदस्यमा भुपाल शाहु,गाउं शिक्षा योजना निर्माण प्राबिधिक सदस्यमा पुरुषेत्तम गिरी,स्थानीय पाठ्यक्रम निमार्ण बिज्ञ सदस्यमा रिम खड्का र सदस्य सचिबमा सरस्वती भण्डारी रहनु भएको छ । समितिलाई पाठ्यक्रम निर्माण र गाउं शिक्षा योजना निर्माण कार्य सम्पन्न गरी सक्ने समय अबधि आगामी मंसिर मसान्त सम्म दिइएको छ ।