बाँकेमा लागु औषध ब्राउनसुगर सहित एक ब्यक्ति पक्राउ

भदौ ०६, २०७९


तुलसीपुर,६ भदौ । 

बाँके प्रहरीले लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ११ वस्ने ४९ वर्षीय कल्लु कबडिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । आइतबार सोहि उपमहानगरपालिका त्रिभुवन चोक नजिक लागू औषधको कारोबार भई रखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कबडियालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको साथबाट ३ पोका ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा १४ ग्राम ५०० मिलीग्राम, नगद नेपाली २२ हजार रुपैया, र भारु १ हजार ५ सय फेला पारेको प्रहरीले बताएको छ । कबडियालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।