यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर अहिलेसम्मकै उच्च
असोज २९, २०७९
![](https://sampurnakura.com/wp-content/uploads/2022/10/exchange_91Ic4KLUjq-19-1024x449.jpg)
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
![](https://ratopatis.prixacdn.net/media/albums/ex1_oZBRXT45rs.jpg)