एमालेका उममेदवारले भने ४ नम्वरमा विकास हामीले गर्छौ

कार्तिक ०६, २०७९


तुलसीपुर, ६ कात्तिक । 

नेकपा एमालेका उम्मेदवारहरुले यस क्षेत्रको विकास आफुहरुले गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले तुलसीपुर ४ को वडा कमिटिले रक्षाचौरमा आयोेजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध एमाले निकट अघुवा कार्यकर्ताहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार कोमल वलीले यस क्षेत्रको विकास आफुहरुले गर्ने बताउनुभयो । विकास र समृद्धि एमाले नेतृत्व सरकारबाट मात्रै सम्भव भएकाले आफुले चुनाव जितेमा यस क्षेत्रको विकासका लागी काम गरेर देखाउने बताउनुभयो ।

अहिलेको पाँच दलिय गठबन्धन सत्ता र कर्सुीको स्वार्थका निम्ति भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी वलीले विकास र समृद्धी चाहाने पाटी एमाले भएको दावी गर्नुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा दाङ निर्वाचन क्षेत्र नम्वर ३ को कबाट लुम्बिनी प्रदेश सभा सदस्य पदका उमेदवार घनश्याम पाण्डेले आफनो पालामा तुलसीपुर ४ मा सडक,शिक्षा,स्वास्थ्य,खानेपानी र पर्यटन प्रर्वद्धनका लागी महत्वपुर्ण विकास भएको बताउनुभयो । यस अघि घोराही हापुर आँखा अस्पताल सडकको काम बर्षौ देखी घोराहीबाट हुदै आएको आफु र निबर्तमान वडा अध्यक्ष बालकृष्ण रानाको पहलमा अघिल्लो आर्थिक वर्ष देखी रक्षाचौर आँखा अस्पताल देखी काम सुरु भएको उहाले बताउनु भयो ।

यसमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको पनि महत्वपुर्ण साथ सहयोग रहेको उहाले बताउनुभयो । यस्तैगरी आँखा अस्पतालको ओपिडी भवन, हलवार स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन, बेत्रावती देखी बनहरी हुदै एक्लेसाल सम्म सडक कालोपत्रे लगाएतका विकास निर्माण आफुहरुकै पालामा भएको उहाले बताउनुभयो । साथै तुलसीपुरमा बहुप्राविधिक शिक्षालय,मेट्रो अस्पताल, मातृशिशु मुत्युदर शुन्य, सुत्केरीलाई प्रोत्साहन भत्ता,खरको छानो मुक्त अभियान लगाएतका महत्वपुर्ण कार्यको सुरुवात आफुले नै गरेको उहाले बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुर क्षेत्रको विकास र समृद्धिका लागी संघ र प्रदेशमा एमालेका उमेदवारहरुलाई विजयी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाले तुलसीपुरको टरिगाउँ एयरपोटको स्तरोन्नतीका लागी घनश्याम पाण्डे र कोमल वलीलाई जिताउनु पर्ने बताउनुभयो ।