मल्टिस्टारर चलचित्र ‘लाखे’ को दोश्रो गीत ‘पैसाको बोट’ सार्वजनिक

कार्तिक १३, २०७९


काठमाडौँ। सम्राट बस्नेत निर्देशित मल्टिस्टारर चलचित्र   ‘लाखे’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पैसाको बोट’बोलको गीतमा र्यापर भ्योमाको स्वर तथा संगीत रहेको छ। गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

कार्तिक १८ गतेबाट देशव्यापी प्रदर्शन हुने चलचित्र एक्सन, सस्पेन्स-थ्रिलर जनरामा निर्माण गरिएको छ । यसअघि सार्वजनिक चलचित्रको “तिम्रो पिरिम” बोलको गीत र ट्रेलरले गज्जबको हाइप बनाइरहेको बेला चलचित्र आज दोस्रो गीत रिलिज गरिएको छ।  चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।