डिलाइट मार्टको दशैँ तिहार बम्पर उपहार सार्वजनिक

कार्तिक १४, २०७९


कार्तिक १४, दशै तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिलाइट द सपिङ मार्ट तुलसीपुरले सञ्चालन गरेको उपहार योजना अन्तरर्गत बम्पर उपहार तुलसीपुरका अतित एमसीले प्राप्त गरेका छन । कुपन नम्बर १३६३ का एमसीले डेल कम्पनीको ल्याप्टप प्राप्त गरेका हुन ।

सोमवार भएको उपहार वितरण कार्यक्रममा तुलसीपुरका सुशिला शर्माले हिटर, कृपा बस्नेतले प्रेसर कुकर, जानकी स्वर्णकारले मिक्टरसेट प्राप्त गरेकी छिन । त्यस्तै तुलसीपुरका टेक बहादुर खत्रीले इलेट्रिकल जग, टोपेन्द्र बस्नेतले आइरन, सुमन कार्कीले हेयर ट्रिमर जितेका छन ।

त्यस्तै तुलसीपुरका दिपक केसीले वाटर गिलास सेट प्राप्त गरेका छन भने अन्यले मिक्चर,आर्कषक उपहार प्राप्त गरेको डिलाईट गुप्रका म्यानेजर अबिनाश खरेलले जानकारी दिए । असोज १० देखि सञ्चालनमा ल्याएको दशै तिहार बम्पर उपहार योजनामा ४ हजार ८ सय २५ जना ग्राहकहरु सहभागी भएका थिए ।

मार्टले ९ सय ९९ रुपैया भन्दा माथीको सपिङ गर्ने ग्राहकलाई दैनिक २ जनालाई लक्की ड्र मार्फत नास्ता खाने व्यवस्था मिलाइएको थियो भने १ हजार भन्दा माथी सामान खरिद गर्ने ग्राहकलाई कुपन वितरण गरिएको थियो । ति ४८२५ जना मध्ये सोमवार १० जनाले विभिन्न उपहारहरु जितेका हुन । ग्राहक बर्गलाई सस्तो र सुलभ सामान प्रदान गर्नको लागी डिलाइट मार्टले २०७७ सालदेखि यो योजना सञ्चालन गर्दै आएको संस्थाका सिइओ मोहन भण्डारीले जानकारी दिए ।

उपहार हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेले सुरुवात देखि नै निरन्तर ग्राहकको मन जित्दै आएको डिलाइट गुप्रले नयाँ टेक्निक अपनाएर सञ्चालन गरेको बम्पर उपहार योजना ल्याएर झनै उत्कृष्ट रहेको तर्क गरे । कार्यक्रम डिलाइट गुप्रका अध्यक्ष डम्बर बहादुर डाँगीको अध्यक्षतामा भएको थियो ।