दंगीशरणमा भु उपयोग परिषद्को पहिलो बैठक सम्पन्न

कार्तिक १७, २०७९


प्रमोद आचार्य
दंगीशरण, १७ कात्तिक ।
दंगीशरण गाउँपालिकाले स्थानिय भु उपयोग परिषदको पहिलो बैठ्क सम्पन्न गरेको छ । दंगीशरण गाउँपालिका अध्यक्ष तथा भु उपयोग परिषदका संयोजक शम्भु गिरीको शभापतीत्वमा बैठक सम्पन्न भएको हो । बैठक ले जग्गाको वर्गीकरण र कित्ताकाट सम्बन्धि बिषयमा छलफल गरेको छ ।

बैठकमा नापि कार्यालय तुलसिपुरका नापि अधिकृत भक्त बहादुर बिकले कित्ताकाट र जग्गाको वर्गीकरण लगायतका बिषयमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य, वडा सचिब लगाएतको सहभागीता रहेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ ।

बैठकले भु उपयोग समितिका का सयोजक गाउँपालिका अध्यक्ष शम्भु गिरीको सयोजकत्वमा १७ सदस्यीय भु उपयोग समिती गठन ,७ वटै वडाले २४ गते भित्र कृषि क्षेत्र र आवासिय क्षेत्र सहितको वर्गीकरण गरी पठाउने ,यस्तै गाउँपालिकाले तयार गरेको भु उपयोग योजना २०७८ क्षेत्र नक्सा परीमार्जन गर्ने गरी योजना स्विकृत गरेको छ ।बैठकको सहजिकरण गाउपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गर्नु भएकोथियो ।