धमलाको कार्यक्रममा दिपक गिरी आएनन

कार्तिक २०, २०७९


तुलसीपुर, २० कात्तिक ।

बरिष्ठ पत्रकार ऋषि धमलाको महासंग्राम २०७९ को कार्यक्रममा नेकपा एमालेका दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार कोमल वली मात्रै सहभागी हुनु भएको छ । महासंग्राम कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेदवार वली र गठबन्धनबाट कांग्रेसका उमेदवार दिपक गिरी संग बहस गर्ने तयारी भएता पनि कोमल वली संग मात्रै बहस भएको छ । महासंग्राममा दुवै जना उमेदवार संग एकैसाथ बहस गर्ने तयारी गरे पनि अन्तत: छुट्टाछुट्टै बहस गर्ने सहमती भएको थियो । तर छुट्टाछुट्टै बहस कार्यक्रममा पनि गिरी सहभागी हुन सकेनन । शनिवार राती तुलसीपुरको विपिचोक स्थित रिपोटस क्लबको कार्यालयमा धमलाले कोमल वली संग बहस गर्नु भएको हो । यस अघि वष्र्टन पाटी प्यालेसमा ९ बजे कार्यक्रम गर्ने तय भएको थियो ।

तर सुरक्षा दृष्टिकोणलाई मध्येनजर गर्दै रिपोटस क्लवमा राती दश बजे धमला र कोमल वली बिच बहस भएको हो । यस्तैगरी दाङ निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवारहरु संग पनि छुट्टाछुट्टै बहस भएको छ । धमलाले नेकपा एमालेका महासचिव एवं उमेदवार शंकर पोख्रेल संग उहाकै निवासमा बहस भएको हो भने गठबन्धनबाट माओवादी केन्द्रका उमेदवार रेखा शर्मा संग पनि बहस भएको स्रोतले जनाएको छ ।