तुलसीपुर मेला : उपमहानगर र प्रशासनको असक्षमताले द्वन्द्व सृजना

मङि्सर २५, २०७९


दाङ, २५ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको असक्षमताका कारण मेलाको विषयमा विवाद एक महिना अघिदेखि बिबाद उत्पन्न भएको छ । तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय पर्यटन तथा कृषि तथा पर्यटन महोत्सव सञ्चालनमा दोहोरो चरित्र देखाएपछि व्यापारी र मेला आयोजक बीच दिनभर जसो दोहोरो झडप हुने स्थिती सृजना भएको थियो ।

प्रजिअ रेग्मी र मेयर खड्काको उपस्थितीमा ४ बुदे सहमति भएको र त्यो सहमति विपरित मेला सञ्चालन हुँदा पनि रोक्न नसकेको भन्दै मेयर र सिडियोको विरोध भएको छ । मंसिर १५ गते भएको सहमति विपरित मेला सञ्चालन गरेको भन्दै आइतबार बिहानैदेखि तुलसीपुर उद्योग वाणिज्यसंघका पदाधिकारीहरु उपहानगरपालिकाको गेटमा ताला लगाएर धर्ना दिइरहेका छन् भने आयोजकले ¥यालीसहित मेला उद्घाटन गरेको छ । लुम्बिनी प्रदेशका सिचाई तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठले मेला उद्घाटन गरेका छन् ।

यस अघि भएको सहमति अनुसार मेला सञ्चालनका लागि पहल नगरे तुलसीपुर बजार ठप्प पार्ने, फोहोर उठाउने गाडी समेत चल्न नदिने र आन्दोलन जारी राख्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले बताए । उपमहानगरपालिकाले निजि क्षेत्रले उठाएका मागहरुलाई ब्यवास्ता गरिरहे ब्यबसाय कर नतिर्ने उदघोष गरेको उधोग बाणिज्य सङघका अध्यक्ष चालिसेले बताउनु बताए ।

तुलसीपुरमा मेला महोत्सव सञ्चालनका सन्दर्भमा यस अघिको निर्णय कार्यान्वयन नभएको भन्दै तुलसीपुर उबासङघले बिहान आधाघण्टा चक्काजाम गरेको थियो । ब्यबसायिहरुले बजारै भरि कालो झण्डा राखेर बिरोध प्रदर्शन गरेका छन । चककाजाम गरे लगत्तै नगरपालिका तालाबन्दि गरेर धर्ना दिएका थिय । यता यस बिषयमा स्थानीय सरकार मौन रहेको प्रति ब्यबसायिहरु आक्रोसित बनेका छन ।

मंसिर पन्ध्र गते चार बुदे सहमतिको बुदा नम्बर २ मा ब्यबसायिक स्टल नराख्ने सहमति भएकिो थियो ।तर आयोजक युथ्स क्लबले करिब एक सय बढि फेन्सि लगायतका ब्यबसायिक स्टलहरु राखेर ब्यापार सुरु गरेको भन्दै बिरोधमा उत्रिन बाध्य भएको महासचिब बिनिल केसिले जानकारि दिनुभयो । सहमति नहुदा सम्म तुलसीपुर नगरपालिकाको कार्यालयमा गरेको तालाबन्दि यथावत रहेको बाणिज्य सङघले जनाएको छ ।