हामी एम्बापे भयौँ, ट्रफी चाहिँ अर्कैले लग्यो : महामन्त्री विश्वप्रकाश शर्मा

पुष ११, २०७९


पुष ११, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् । पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै थापाले गएको विश्वकप फुटबलको उदाहरण दिँदै भने, अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।

आफूहरू एम्बापे भएर पोखरा आइपुगेको शर्माले बताए । अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने दाबी पनि शर्माको छ । उनले थप भने, अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अलि समयपछि बुझिन्छ । जेजस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ, यसलाई शुभकामना दिँदै गर्दा बडो संयमता, परिपक्ता र गहिरो विश्लेषणपूर्वक हामी अबको यात्रा तय गर्दैछौं ।