सकियो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव

असार ०४, २०८०


असार ४, दाङ । असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सकिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा नेपालमा पहिलो पटक सुरु भएको बाल चलचित्र महोत्सव आइतवार सम्पन्न भएको हो । महोत्सवको समापनमा बोल्दै पूर्व सभामुख कृष्णबहादुर महराले महोत्सवले बालबालिका तथा किशोरकिशोरीमा चलचित्र सम्बन्धी साक्षरता बढाउन भूमिका खेल्ने बताए । उनले महोत्सवले बालबालिकामा फिल्म क्षेत्रप्रति अभिरुची बढाउँने भूमिका खेल्ने बताए । बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव गरेको हो । असार १ गतेदेखि सुरु भएकाे महोत्सव तीनदिनसम्म चलेको थियो ।

महोत्सवमा बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक नेपाली फिल्महरु प्रर्दशनी गरिएको थियो । बालबािलका सम्बन्धी बनेका ‘ऐना झ्यालको पुतली, टिचर, छाया र एतिहासिक फिल्म आमा, कुमारी र ‘के घर के डेरा’ प्रर्दशन गरिएको हो । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा करिब तीन हजार बढी बालबालिका सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । महोत्सवको नायक एवं बोर्डका अध्यक्ष भुवन केसीले बालबालिकासँग अन्तरक्रिया पनि गरे । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे कुराकानी गरे । बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिका सँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गरे । बालबालिकाले नायक केसीसँग सिनेमा क्षेत्रसँग सम्बन्धी आफ्नो जिज्ञशाहरु राखे । जसमा नायक केसीले बालबािलकाको जिज्ञाशा मेट्दै बालबालिकलाई आफ्नो रुचीको क्षेत्र काम गर्न हौसला दिए ।

फिल्म प्रर्दशनी महोत्सवमा फिल्महरु समेत प्रर्दशनी गरिएको थियो । बालबालिका सम्बन्धी बनेका तथा एतिहासिक चलचित्रहरु प्रर्दशनी गरिएको हो । महोत्सवमा ‘ऐना झ्यालको पुतली, टिचर, छाया, एतिहासिक चलचित्र आमा, कुमारी र के घर के डेरा पर्दशन गरिएको हो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका थिए । महोत्सवमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा करिब तीन हजार बढी बालबालिकाले सहभागी भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । बाल महोत्सवले सिनेमा संस्कृति प्रवद्धर्न गर्न भूमिका खेलेको बोर्डका प्रवक्ता एवं महोत्सवका संयोजक बुढाथोकीले बताए । उनले महोत्सवले बालबालिकामा सिनेमा सम्बन्धी साक्षरता र ज्ञान बढाएको बताए । ‘विदेशी फिल्महरुको प्रभाव परिरहेको बेला बालबालिकाहरुमा नेपाली फिल्मप्रति आर्कषण बढाउँन पनि महोत्सवले भुमीका रह्ययाे । उनले भने । बोर्डका अध्यक्ष भुवन केसीले बाल महोत्सवहरुले बालबालिका सम्बन्धी फिल्म साक्षरता, चलचित्र सम्बन्धी ज्ञान र चेतना बढाउँने भन्दै बोर्डले बाल महोत्सवहरु जारी राख्ने बताए । नेपालमा पनि बाल महोत्सवहरु गराइनुपर्छ’ उनले भनिन्, ‘बालबालिकाले चलचित्र हेर्न र आफ्नो कथा भन्ने वातावरण तयार गर्न बोर्ड लाग्नेछ ।

महोत्सवमा अन्तर्गत भएको चलचित्र नृत्य प्रतियोगितामा गोदावरी इङ्लिस मिडियम स्कुल प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल द्वितीय र राजविद्या पाठशाला तृतीय भएका छन् । त्यस्तै मेचीकाली सेकेन्डरी स्कुल, ग्लोबल एकेडेमी र मदन भण्डारी मेमोरियल स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै चलचित्र हाजिरी जवाफमा मेचीकाली सेकेन्डरी स्कुल प्रथम, गोदावरी इङ्लिस मिडियम स्कुल द्वितीय र गोरखा यन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । साथै दीपशिखा मावि र पश्चिम दाङबाट प्रतिनिधित्व गरेको समूह सान्त्वना भएका थिए ।प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई २० हजार र प्रमाण पत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई रु १५ हजार र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै सान्त्वना स्थान प्राप्त गर्नेलाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चलचित्रकर्मीलाई सम्मान लामो समयदेखि चलचित्र क्षेत्र तथा कला संस्कृतिको प्रवद्धनमा भुमिका खेल्ने पु¥याउने व्यक्तित्वलाई बोर्डले सम्मान गरेको छ । सम्मानित हुनेमा खड्ग बुढाथोकी, महेन्द्र बुढाथोकी, कमल गाउँले, चन्द्रप्रकाश चौधरी, जुनु मगर, छविलाल कोपिला, शक्तिराम डाँगी रहेका छन् । साथै दाङमा २०४३ सालमा राप्ती चलचित्र मन्दिर स्थापना गरेका स्व. गिरीराज पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।