कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित

साउन १२, २०८०


साउन १२, प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । २६ सदस्यीय समितिमा कोरम पुग्न १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो । बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो । तर, सांसदहरू उपस्थित हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।