प्रदेश सरकारले रोजगारीको सम्भावना खोज्दै छ : अर्थमन्त्री मास्कि

असोज २८, २०८०


निरला अर्याल, असोज २७ । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्किले लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनु भएको छ । तुल्सी उपभोक्ता सहकारी संस्था द्धारा संचालित तुल्सी मार्ट को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले सहकारी मार्फत स्थानीय उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु बिक्री वितरण गरी आर्थिक अवस्था बलियो हुने बताउनु भयो ।

लुम्बिनी प्रदेशमा करिब दुई लाख जनालाई रोजगारी दिने सम्भावनाको खोजी गर्न लागिएको छ उहाँले भन्नुभयो । व्यक्तिगत स्वार्थ र सत्ता टिकाउन को लागि देशको अस्मिता माथि गरेको खेलवाड ले देशको अर्थतन्त्र धरासायी भएको छ मास्केले भन्नु भयो । ।तुल्सी उपभोक्ता सहकारीका अध्यक्ष्य भास्करराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका सचिव शुक्रराज भण्डरीले सहरकारी मार्फत आर्थिक अबस्था चलायमान हुने बताउनु भयो । अझै पनि विदेश बट सामना आयात गरी मार्ट सञ्चालन गर्नु पर्ने अवस्था छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य राम प्रसाद चालिसे सहकारी मार्फत नागरिक हरु को विश्वसनीयता कम भएको बताउनु भयो । सहकारीको नाममा भएको विकृति र अविश्वसनीयता लाई चिर्न राज्य गम्भीर हुनुपर्ने बताउनु भयो प्रदेश सहकारी संघ का सचिव रूप बहादुर खत्री प्रमुख अतिथि । सुपथ मूल्यमा गुणस्तरीय समान बिक्री वितरण गर्ने उद्देशयसहित सञ्चालन भएको मार्ट मा एक सय पचास जना सेयर सदस्य रहेको मार्ट करिब एक करोड पन्ध्र लाख लगानीमा सञ्चालनमा अध्यक्ष्य भास्करराज गौतम ले जानकारी दिनुभयो ।कार्यक्रम को सहजीकरण संस्थाका उपाध्यक्ष राम कुमार आचार्य ले गर्नु भएको थियो ।