लुम्बिनीका कर्मचारीले भुकक्प पीडितलाई तीन दिनको तलव रकम राहात दिने

कार्तिक २२, २०८०


दाङ,२२ कार्तिक । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुले भुकम्प पीडितहरुलाई राहात दिने भएका छन । भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम लगायतका प्रभाविक क्षेत्रका लागि रहाहात रकम दिने भएका छन । कार्यत्ररत सम्पूर्ण कर्मचारीहरुले एक दिन देखि तीन दिन सम्मको पारिश्रमिक रकम भुकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए ।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिव स्तरिय निर्णय अनुसार एघारौ तह वा सो भन्दा माथिका कर्मचारीहरुले तीन दिनको तलव, अधिकृत छैठौ देखि दशौ तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलव र सहायक स्तर र तह विहीन कर्मचारीहरुले एक दिनको तलव भुकम्प पीडितहरुका लागि उपलब्ध गराउने निर्णय भएको हो । उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन । गत शुक्रवार गएको भुकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षेति पु¥याएको छ ।