फिल्म ‘दुई कदम’ को गीत ‘ए मेरा बाबै नि’ सार्वजनिक

मङि्सर १३, २०८०


मंसिर २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको गीतमा कलाकारहरु वर्षा सिवाकोटी र इओन लिम्बू फिचर्ड छन् । यो रोमान्टिक गीतमा वर्षा र डेब्यु कलाकार इओनको रसायन जमेको देख्न सकिन्छ । ‘परदेशी २’ हिट भएपछि वर्षाको यो अर्को फिल्म हो । पहिलो फिल्ममै वर्षासँग अनस्क्रिन रोमान्स गर्न पाउँदा इओन पनि खुसी छन् । गीतमा निरुशा भट्टराईको शब्द, आशिष अविरलको संगीत तथा आशिष र निरुशाकै स्वर छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् । उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।