दाङ लगायत आसपासका जिल्लामा हल्का हिउँदे वर्षा

माघ १८, २०८०


दाङ, १८ माघ । पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले दाङ लगायतका आसपासका जिल्लाहरुमा गएरातिदेखि हल्का मौसमी वर्षा भैरहेको छ ।

दाङका आसपासका जिल्लाहरुमा मौसमी वर्षा हुँदा किसानलाई केही राहतको महशुस भएको छ । गँहु, मसुरो लगायतका हिउँदे वालीलाई केही राहत मिल्ने किसानहरुको भनाइ छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले जनाएको छ ।