इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

फागुन १३, २०८०


फागुन १३, निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ । नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो । आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ ।

०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ । प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को ९१० मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको दुर्घटनामा निधन भएको थियो ।