दाङमा अवैध लागू औषध ब्राउनसुगरसहित ४ जना पक्राउ

फागुन २९, २०८०


फागुन २९, दाङको लमहीबाट अवैध लागू औषध ब्राउनसुगर र नाइट्राभेटसहित चार जना पक्राउ परेका छन् । मंगलबार बिहान १ बजेतिर लमही बसपार्कस्थित संकास्पद रुपमा बसिरहेका समयमा अवैध लागू औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ सुन्दरनगर निवासी १९ वर्षीय अरुण गाइन र सोही ठाउँ निवासी २२ वर्षीय सुदिप बिक रहेका छन् ।अरुणको साथबाट ४ ग्राम १३० मिलीग्राम र सुदिपबको साथबाट २ ग्राम ५२० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो रंगको डल्लो पदार्थ फेला परेको प्रहरीले बताएको छ ।

यसैबीच आइतबार विहान ९ बजेतिर अबैध लागू औषध नाईट्राभेट ट्यब्लेट सहित दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लमही नगरपालिका ३ वनगाउँ निवासी ३० वर्षीय प्रकाश वली र लमही नगरपालिका ५ निवासी ५२ वर्षीय यमबहादुर बस्नेत रहेका छन् ।

न्यू हिरा मोटरसाईकल वर्कसपमा संकास्पद रुपमा बसिरहेको प्रकास वलीको शरिर खनतलासी गर्दा एक पत्ता नाईट्राभेटमा बाँकी रहेको १२ ट्यटब्लेट सहित फेला पारी आवश्यक सोधपछि नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

सोधपुछपछि यमबहादुर बस्नेतबाट खरिद गरेको बताएपछि बस्नेतकोे घर खानतलासी गर्दा ९ फाईलमा एक सय ३५ ट्याब्लेट नाईट्राभेट र ८ फाईलमा ६४ क्याप्सुल सहित बरामद गरि दुबै जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत घोराही दाङबाट सात दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।