गभर्नर पदको उमेदवारका लागि तयारी

बैशाख ०३, २०८१


दाङ, ३ बैशाख । लायन वर्ष २०२४ / २५ डिस्ट्रिक गभर्नर पदको उमेदवारका लागि धमाधम तयारी भइरहेको छ । यहि बैशाख १५ गते नेपालगन्जमा हुने एरिया नम्बर २ को दोस्रो लायन्स इन्टरनेसनलको महाधिवेशन फेलोसिपको छैठौँ दिनको कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

महाधिवेसनको लागि डिस्ट्रिक गभर्नर पदका उमेदवार पीएमजेएफ लायन विनोद कुमार श्रेष्ठ, फस्ट भाइस डिस्ट्रिक पदका उमेदवार एमजीयफ ज्ञानेन्द्र कुमार श्रेष्ठ र सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदका उमेदवार यमजीयफ टीकाराम चपाईलाई निर्विरोध निर्वाचित गराउने लायनहरुको भनाई रहेको छ ।

आफूभन्दा कम भाग्यमानी व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सामाजिक कार्यका लागि निरन्तर साथ दिने संस्था लायन्स क्लबले पश्चिम क्षेत्रबाट पहिलो पटक डिस्ट्रिक गभर्नर पदका लागि उमेदवारी पाएको हो ।

३२५ यान एरिया नम्बर २ अन्तर्गत दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान रहेको छ । एरिया नम्बर ३ अन्तर्गत कणर्ाली क्षेत्र, ४ नम्बर नेपालगन्ज बाँके, क्षेत्र नम्बर ५ धनगढी महेन्द्रनगर सुदूर पश्चिम क्षेत्र रहेको छ ।

हालसम्म विश्वमा १४ लाख लायन रहेका छन् भने नेपालमा मात्र ४५ हजार लायन रहेको एरिया नम्बर २ को आइटी चिफ टीकाजन विकेले बताउनुभयो । उमेद्वारहरुलाई लागि यस भोट प्रदान गर्न सबै लायन्स क्लवले समन्वय गरेको डिष्ट्रिक्ट पदका उमेदवार विनोद कुमार श्रेष्ठले बताउनुभयो ।

समाज विकासमा सेवाको हातहरू बढाउँदै केही नहुने र कोही नहुनेहरुको सहारा बन्दै आएको लायन्सले प्राकृतिक विपति होस् या नितान्त आवश्यकताहरुमा लयनहरु निरन्तर रूपमा लागि उहाँको प्रतिबद्धता रहेको छ ।

कार्यक्रममा ललितजंग शाह, सुरेश हमाल ऋषि भण्डारी लगायतका व्यक्तिहरूले शुभकामना दिनुभयो । लायन्स क्लव अफ इशानका पूर्व अध्यक्ष बुद्ध प्रकाश सिंहको अध्यक्षता तथा लायन्स इन्टरनेसनल ३२५ नम्बरका सिनियर एकजुकेटीभ चिफ चिन्तामणी धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।