कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

बैशाख २६, २०८१


कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ ।

एमाले-माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् ।

कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्छन् चासोको विषय छ ।