पत्रकारिताबाट व्यवसायमा जमेकी कल्पना विष्ट

बैशाख २७, २०८१


तुलसीपुुर उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पद्का उम्मेदवार कल्पना विष्ट पत्रकारिताबाट व्यवसायमा गएकी पात्र हुन । प्युठानमा जन्मीएकी विष्ट दाङ कर्मथलो बनाइरहेकी छन ।

सानै उमेरदेखि चञ्चले र निडर स्वभाव र प्रष्ट वक्ताको रुपमा चिनिन्थिन । आफ्नो गाउँका साथीहरुलाई जम्मा गरेर पुस्पाञ्जली बालक्लब गठन गरेको त्यसको नेतृत्व आफै गरिन् र साथीहरुलाई पैशा वचत गर्न सिकाउँथिन् ।
एसएलसी पछि स्टाफ नर्स बन्ने सोच थियो तर कल्पना पत्रकार हुदै व्यवसायी बनिन । स्नातक सम्मको अध्ययन गरेरी कल्पना पछिल्लो समय व्यापार व्यवसायमा जमेकी छन ।

रेडियोमा काम गर्दै जाँदा उनी नेपाल प्रेस युनियनको केन्द्रीय पार्सददेखि क्याम्पस पढेदा नेविसंघको सदस्य भएर काम गरिन् । दाङ आएसंगै तुलसीपुर स्थित रेडियो सञ्जिवनीमा दुई वर्ष समाचार शाखामा काम गरिन् । उनको आवाजको चर्चा अहिले पनि दाङमा हुने गर्छ । साथै उनले वडा नागरिक मञ्को उपाध्यक्ष भएर काम गरि सकेकी छिन् । आफ्नो सुमधुर आवाजले सबै स्रोताको मनमा डेरा जमाइसकेकी उनी ६ वर्षसम्म पत्रकारिता गरेर व्यवसायमा आएकी छन ।

२०७४ सालदेखि तुसीपुरको विपि चोकमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छिन् । व्यवसाय सञ्चालन पछि व्यवसायीहरु माझ चर्चामा रहकी कल्पना अहिले उद्योग वाणिज्य संगको सदस्यको उम्मेदवार बनेकी छन । कल्पना व्यवसायमा जस्तै अहिले उद्योग वाणिज्य संघको निर्वाचनमा पनि र्चामा छन । विनिल केसीको नेतृत्वकको टिममा कल्पना सदस्यको उम्मेदवार रहेकी छन ।

महिलाहरु घरमा बसेर मैले केहीगर्न सक्दैन्, म संग पैसा छैन्, बुहारी मान्छे चुलोचौकोमा मात्रै सिमित हुनुपर्छ भनेर कुन्ठित हुनुपर्छ भन्ने सोच परिवर्तन गर्नुपर्छ उनी भन्नछिन महिलाले अवसर पाएमा गर्न सक्छन भन्ने देखाउनु पर्छ । कल्पना सानैदेखि आटिलो स्वाभावकी थिइन् । र उनले हरेक क्षेत्रमा काम गर्दा उनले आटेको पनि हुँदै आएको छ । महिलाहरुलाई व्यवसायसंगै राजनीति गर्न कठिन छ । तर कल्पनालाई ससाना कुराले पछाडी पार्न सकेको छैन् । दुख हर चिजमा गर्नुपर्छ दुख गरेपछि मात्रै प्रतिफल पाइन्छ भन्ने उनको बुझाई छ ।

हरेक क्षेत्रमा काम गर्दै सफल भएकी उनै कल्पना तुलसीपुर उद्योग वाणिज्य संघको यही वैशाख २९ गते हुने निर्वाचनमा बिनिल केसी नेतृत्व रहेको टिममा महिला सदस्य उम्मेदवार हुन् । पहिलेदेखि आटिलो स्वभावको भएकाले व्यवसायी लगायत महिला, पार्टीले पनि टिकट दिएपछि सबैबाट सहयोग पाई रहेकी छिन् । व्यवसाय गरेर आफ्नो लागि मात्र नभएर व्यवसायीहरुको लागि पनि केही राम्रा पहलहरु गर्नुपर्छ भनेर संघमा उम्मेदवार बनेको उनको भनाई छ । कल्पान महिला सदस्यको लागि बलियो उम्मेदवारको रुपमा रहेकी छन भने । चर्चीत उम्मेदवार पनि बनेकी छन ।