एसोसिएट सदस्यमा रिजाल निर्वाचित

बैशाख ३०, २०८१


दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उम्मेदवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् । कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उम्मेदवार बनेका थिए ।