प्रधानमन्त्रीको राजीनामा आउँदैन : प्रवक्ता शर्मा

असार २२, २०८१


सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डको राजीनामा नआउने बताएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  सरकारको प्रवक्ता समेत रहेकी उनले नयाँ समीकरण बनेपनि प्रधानमन्त्रीले त्यसै राजीनामा नदिने स्पष्ट पारेकी हुन् । 

‘सरकारले राजीनामा दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरुप प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्छु भन्नु भएको छ’, बैठकपछि उनले भनिन् । तर, कहिले विश्वासको मत लिने भन्नेबारे टुंगो लागिनसकेको उनको भनाइ छ ।  ‘सकेसम्म छिटो विश्वासको मतको सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन’, उनले भनिन् ।