अमेरिकाका पूर्वराष्ट्रपतिट्रम्पमाथि गोली प्रहार
असार ३१, २०८१
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन् ।
ट्रम्पको अनुहारमा गोली लागेको तस्वीरमा देख्न सकिन्छ । अमेरिकाको पेन्सिल्वेनियामा नेपाली समयअनुसार आइतवार भएको एक र्यालीमा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।
ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो ।
गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।
गोली लागेका ट्रम्पको अवस्था सामान्य रहेको बीबीसी हिन्दीले जनाएको छ ।
गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ ।






