सन्त निरंकारी मण्डल नेपालको ३५ औ वार्षिक साधारण सभा सम्पन्न
![](https://sampurnakura.com/wp-content/uploads/2024/09/IMG-20240920-WA0002-1024x461.jpg)
दाङ असाेज ४, सन्त निरंकारी मण्डल नेपालको ३५ औ वार्षिक साधारण सभा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश सभा सदस्य माननीय रेखा शर्मा र पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएको हो । सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई यो एक विशुद्ध आध्यात्मिक विचार रहेको र ईश्वर एक छ सर्वत्र व्याप्त छ भन्ने कुरालाई समयमा तसगुरुको माध्यमबाट जान्न सकिन्छ भन्ने मिसनको मूल मान्यता रहेको छ हामी सबै एउटै ईश्वरका सन्तान हौँ । ईश्वरको ज्ञानले मानवमा विश्वबन्धुत्व मानवता कायम गर्ने लक्ष्य रहेको छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हाे सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण बहादुर पन्थको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नर बहादुर विकले गर्नुभएको थियो।