२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै

संगीत, सांस्कृतिक सम्पदा र सिर्जनशिल बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले विभिन्न २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला हुने भएका छन् ।
‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपाली राजधानीमा जुट्न लागेका हुन् ।आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु हुँदैछ । आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल संगीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले विदेशी सहभागि आउने क्रम जारी रहेको बताए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ ।कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको उनले जनाए ।सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो ।