दाङकी उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिज्म च्याम्पियनु अवार्ड

कार्तिक ०६, २०८१


कात्तिक ६, अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई सन् २०२४ को ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनु बाट सम्मान गरेको छ । हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन् । उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन् ।

जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरूद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ, दूतावासले लेखेको छ ।