रोल्पामा दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुदै

मङि्सर १६, २०८१     खगेन्द्र सुनार


सन स्टार युवा क्लब रोल्पाले फागुन ३ देखि ८ गतेसम्म आफ्नो तेह्रौ वार्षिक उत्सव अवसरमा रोल्पा पर्यटन र खेलकुद विकासका लागि भन्ने मूल नाराका साथ दोर्सो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८१ सदरमुकाम लिवाङ रोल्पामा आयोजना गर्न लागेको छ।
शनिबार उक्त क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता उपविजेता तेर्सो र चौथो हुने टोलीले क्रमश: ५ लाख, दुई लाख ५० हजार , १ लाख र ५० हजार नगद पुरस्कार रहेको साथै विभिन्न प्रतियोगिताहरु र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिनुभयो ।
१३औं वार्षिक उत्सवको अवसर पारी आयोजक सनस्टार युवा क्लबले जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता पनि सञ्चालन गर्न लागेको छ। महिला भलिबल प्रतियोगिताको विजेता‌, उपविजेता, तेर्सो र चौथो हुने टोलीले क्रमश ‌: ५५ हजार,३५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले जानकारी दिनुभयो।