नेशनल प्याब्सन फुटसल प्रतियोगिताकाे उपाधि ज्ञान ज्योतिलाई

मङि्सर २१, २०८१


मंसिर २१, राष्ट्रिय निजि तथा आवासिय विद्यालय नेशनल प्याब्सन दाङको आयोजनामा सञ्चालन भएको फुटसल प्रतियोगिता- २०८१ काे उपाधि ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।

नेशनल प्याब्सन दाङकाे वार्षिक कार्यक्रम अन्तर्गत दाङ जिल्लामा रहेका विद्यालयहरूकाे सहभागितामा घोराही उपमहानगरपालिका वडा नं.१७ गैरागाउँमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलमा ज्ञानज्योति मा.वि.तुलसीपुरले पिपुल्स ल्यान्ड एकेडेमी हापुरेलाई शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै ज्ञानज्योति मा.वि. तुलसीपुरले उपाधि जितेको हाे । त्यस्तै प्रतियोगितामा राप्ती बाल एकेडेमी तुलसीपुरले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई टफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख अतिथ्यता एवं राष्ट्रिय परीक्षा बोर्ड दाङका प्रमुख कमल प्रसाद अर्यालको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएको थियोे ।

वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शालिकराम कार्कीले गर्नुभएको थियो ।