मेरिगोल्डले गर्यो शिव मन्दिरमा सरसफाइ
जेष्ठ २२, तुलसिपुर उपमहानगरपालिका वडा न ७ स्थित मेरिगोल्ड बोर्डिङ स्कुलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिव मन्दीरमा परिसर वरपर सरसफाई गरेको छ । आज बिश्व वातावरण दिबसको अबसरमा मेरिगोल्ड बोर्डिङको मेरिगोल्ड जुनियर रेडक्रस द्वारा सरसफाइ कार्यक्रम गरिएको हो ।
मेरिगोल्ड बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक सोमराज बस्नेतको नेतृत्वमा शिव मन्दिर , लगाएत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा सरसफाइ गरिएको छ । सहायक प्र।अ। बस्नेतले शिव मन्दिरमा सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिएको र हालसम्म सहकार्य रहेको र भविष्यमा पनि मन्दिरलाई सुन्दर , हरियाली बनाउन सहकार्य गरेर अगाडि बढ्ने कुरा बताउनुभयो । समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने उहाले बताउनुभयो ।
त्यस्तै शिव मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष धुर्ब गौतमले मेरिगोल्ड बोर्डिङले गरेको कार्य प्रती धन्यवाद व्यक्त गर्नुभयो । साथै मानवको कार्यले गर्दा प्रदुषण बढेको र त्यही कारणले गर्दा जलवायु परिवर्तन जस्ता समस्या देखा परेको उहाले बताउनुभयो । यस समस्या समाधानमा हामी सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । फोहोर सवस्थापनको लागि डस्टबिन पनि बितरण गरिएको विद्यालयले जानकारी दिएको छ । आजको सरसफाइ कार्यक्रममा शिक्षक , शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।






