सतही राष्ट्रवाद र प्रोपोगन्डाको खतरा

भदौ ११, २०८२     प्रकाश डाँगी


सामाजिक सञ्जालमा फैलिएका तथ्यहीन प्रोपोगन्डालाई सत्य–तथ्यसँग केलाउन नसक्ने, तर त्यही प्रोपोगन्डालाई साझा गर्नेहरूलाई मात्र राष्ट्रवादी ठान्ने प्रवृत्ति वास्तवमै खेदजनक छ। मानसिक रूपमा कमजोर भइसकेका र आफैंलाई ‘नेता’ सम्झने व्यक्तिहरूको यही सतही सोचले समाजलाई अझै भ्रममा धकेलिरहेको छ।
राष्ट्र र राष्ट्रवाद कुनै व्यक्तिको, दलको, संगठनको वा परिवारको सम्पत्ति होइन—यो साझा विषय हो। साझा विषयमा अरूलाई गाली गरेर होइन, देशलाई सम्झेर, माटोलाई सम्झेर मात्रै अघि बढ्न सकिन्छ।
सिमा अतिक्रमण कहिलेदेखि सुरु भयो? देशको हितविपरीत सन्धिहरू कहिलेदेखि भए? को–कोले गरे? पहिला ती कुराहरू स्पष्टसँग चिन्न सक्नुपर्छ। ती कर्तुत गर्ने आन्तरिक धमिरा र पापीहरूलाई नचिन्ने, तर अनावश्यक प्रोपोगन्डा साझा गर्दै अरूलाई मात्र प्रश्न गर्नेहरूकै कारण आज देश यस्तो अवस्थामा पुगेको हो।
हालै भारत र चीनबीच लिपुलेक क्षेत्रमा व्यापार सम्झौता सम्पन्न भएपछि नेपालमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। विशेषगरी, केही आफुलाई टुटेफुटेको नेता देखाउन एक थान अगुवा देखाउन अझ भनौ उमेर पाकेर होस या उम्रदै तिन पात भन्ने नेपाली उखान जस्तै आफुले आफैलाई बरिस्ट ठान्ने केहि सामाजिक संजाल प्रयोगकर्ताहरुले यस विषयलाई अत्यधिक राष्ट्रवादी दृष्टिकोणबाट हेरेका छन्। यस्ता घटनाले स्पष्ट पार्छ कि राष्ट्रिय मुद्दा र भौगोलिक संवेदनशील विषयले सामाजिक सञ्जालमा भावनात्मक प्रतिक्रिया कसरी उत्पन्न गर्छ।
लिपुलेक क्षेत्र नेपालको नक्सामा विवादास्पद क्षेत्र हो। यस क्षेत्रमा हुने सम्झौताहरू केवल व्यापारिक होइन, राजनीतिक र सुरक्षा दृष्टिले पनि महत्त्वपूर्ण छन्। नेपालले आफ्नो कूटनीतिक नीति स्पष्ट र पारदर्शी राख्नु आवश्यक छ ताकि सीमा विवाद, सुरक्षा जोखिम वा अन्तर्राष्ट्रिय द्विपक्षीय असहमति जस्ता चुनौतीहरू न्यून गर्न सकियोस्।
सामाजिक संजालमा कसैलाई खुइलाएर आफुलाई असलि रास्ट्रबादि ठान्ने गुइठेहरुले गर्दा आज देशको स्वाभिमानमा समेत असर पुग्दैछ , रास्ट्रीय समस्या सरकारले तत्काल पहल कुटनितिक माध्यबाट स्पस्ट रुपमा आफ्नो भनाई दुइछिमेकि हरुलाई राख्न सक्नु पर्छ जस्को लागि रास्ट्रीय सहमति बन्नै पर्छ र यो समस्या अहिेलेको होइन हामि बुझ्ने उमेर देखि सुन्दै आएको हो त्यसैले यसलाई कुटनितिक रुपमा सरकारले समाधान गर्ने पर्छ, यो होइनकी सधैको लागि अमुख दल नेता र नेतृत्वको लागि यो अव रास्ट्रवाद बनेर सधैको लागि हात्तिको देखाउने दाँत बन्न हुदैन् ।
हरिण र बाघको शिक्षा
हरिणको गति करिब ८० किलोमिटर प्रतिघन्टा हुन्छ। कैयौँ पटक उसले दौडेर बाघलाई हराएको पनि हुन्छ। तर पनि अन्ततः हरिण बाघको शिकार हुन्छ। किनभने, हरिणले आफूलाई बाघभन्दा स्मार्ट ठान्छ र दौडिरहँदा पटक–पटक पछाडि फर्केर बाघ कहाँ पुग्यो भनेर हेर्छ। यही ओभरस्मार्टले उसको गति र साहस दुबै कमजोर पार्छ, र अन्ततः ऊ बाघको शिकार बन्छ।
त्यसैले, क्षमता भएर पनि ओभरस्मार्ट हुनु हरिणका लागि घातक हुन्छ। समाजमा पनि हामीले यस्तै देख्छौँ—सत्य भन्दा प्रचारलाई प्राथमिकता दिने, सतही राष्ट्रवाद देखाउने, तर वास्तविक समस्याबाट ध्यान हटाउने।
देशमा पुराना भनिएका दल र तिनका नेता र नेतृत्व सोच्न जरुरी छ जस्ले देश परिवर्तण हुन सकेन देश बनाउनु पर्छ भनेर अवस्था देखि आजित भएर आएका छन् उनिहरुका लागि आफुलाई हरिण सोच्न हुदैन हरिण जस्तै यहि चालामाला हो भने आफुलाई बाघ भनेर उदाएका नयाँ भन्नेहरुले सक्ने पक्का देखिन्छ । त्यसैले पुराना शक्तीहरु आफ्नो क्षमता अनुसार आफु परिवर्तण हुनै पर्छ ।
निष्कर्ष र नागरिकको भूमिका
सामाजिक सञ्जालमा तथ्य पुष्टि नगरी, डर र भावना आधारित सामग्री साझा गर्ने प्रवृत्तिले आम नागरिकलाई वास्तविक सूचना र प्रचारबीच भिन्नता छुट्याउन गाह्रो बनाउँछ। केही व्यक्तिहरूले ‘सच्चा राष्ट्रवादी’ देखिन यस किसिमको सामग्री सक्रिय रूपमा साझा गर्छन्।
राष्ट्रवाद भन्नु केवल प्रचार गर्ने कुरा होइन, बरु सत्य देख्ने, ऐतिहासिक गल्तीलाई स्वीकार गर्ने र सुधारका बाटो पहिचान गर्ने जिम्मेवारी हो। हरिणले ओभरस्मार्ट भएर ज्यान गुमाए जस्तै, हामीले पनि सतही सोच र भ्रममा फस्ने हो भने देशलाई गुमाउने जोखिम बढ्छ।
त्यसैले गुइठे नेता वा अन्धकार्मि कार्यकर्ता बन्नु भन्दा पहिला हामीले आफूलाई जिम्मेवार नागरिकका रूपमा सोच्नुपर्छ। सामाजिक सञ्जालमा कसैलाई खुइल्याउने हैन, बरु “म कुन भूमिकामा छु ? म कतै आन्तरिक धमिरा र पापीहरूको कार्यमा त संलग्न छैन?” भन्ने आत्मसमिक्षा गर्नुपर्छ।
नेता वा कार्यकर्ता भन्दा पहिला म देशको नागरिक हुँ भन्ने चेतना जगाउन सके मात्र वास्तविक राष्ट्रवाद बलियो हुन्छ। हरेक नागरिकले जिम्मेवारीपूर्वक देशलाई सोच्ने हो भने नारा भन्दा काम ठूलो हुनेछ, प्रचारभन्दा परिणाम शक्तिशाली हुनेछ। सामाजिक सञ्जालमा राखिने राष्ट्रवाद र प्रोपागन्डा ले नेपालको राष्ट्रिय संवादलाई प्रभावित गर्न सक्छ। तथ्यान्वेषण र प्रमाणमा आधारित बहस मात्र दीर्घकालीन समाधानका लागि उपयोगी हुन्छ। नागरिक, सञ्चार माध्यम र नीति निर्माताले राष्ट्रवादको भावनात्मक प्रसार र तथ्यसँग असम्बद्ध प्रोपागन्डाबीच सन्तुलन राख्नुपर्छ।